
नयाँदिल्ली । भारतीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिअन्तर्गत नेपाल परामर्श बैठकको फलो अप मिटिङ मंगलबार भएको छ ।
भारतीय लोकसभामा रहेका नेपाल समर्थक शुभेच्छुक दलीय नेताहरुको दबाबमा नेपालमा देखिएको ढुवानी तथा पारवहन समस्याका बारेमा थालिएको बहसमा कंग्रेस राष्ट्रवादीका नेता डिपी त्रिपाठीले संयोजकको भूमिका निर्वाह गरेका थिए ।
बैठकमा भारतीय कंग्रेसका डा.करन सिंह र शशि थरुर, भारतीय जनता पार्टीका शत्रुघ्न सिन्हा, कम्युनिस्ट पार्टी अफ इन्डियाका डी.राजालगायतको उपस्थिति थियो । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सीताराम येचुरी, संयुक्त जनता दलका केसी त्यागीसहितका नेताहरूको दबाबमा लोकसभामा नेपाल केन्द्रित विशेष बैठक आयोजनाको पहल रहँदै आएको छ
‘मधेस आन्दोलनले उठाएका माग सम्बोधन गर्दै अहिले उब्जिएको राजनीतिक समस्या समाधान हुने दिशामा छ, भारतले अमानवीय स्थिति उब्जने गरी ढुवानी तथा पारवहन सुविधामा अवरोध पुर्याउनुहुन्न भन्ने पक्षमा आवाज उठाउने काम भएको छ,’ नेता त्रिपाठीले भने ।
जवाफ दिन मोदी सरकारलाई आपत परेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।















प्रतिक्रिया