
वीरगन्ज । वीरगन्ज-रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई मंगलबार राति स्थानीय व्यापारीले लखेटेका छन् ।
गत ७ असोजदेखि नेपाल–भारतको दसगजा क्षेत्रमा नाका जाम गरी बसेका आन्दोलनकारीका कारण सामान ल्याउन नपाएका वीरगन्ज रक्सौलका व्यापारीले आन्दोलनकारीलाई नाकाबाट लखेटी ठेला र टाँगामा सामान भित्र्याएका हुन् ।
सानो संख्यामा धर्नामा बसेका आन्दोलनकारीले व्यापारीलाई प्रतिकार गर्न खोजे पनि नसकेपछि पिटाइ खाँदै भागेको एक आन्दोलनकारीले बताए । व्यापारीहरूले आन्दोलनकारीहरूले लगाएको बाँसको ढाटलाई हटाएर १७ ओटा ठेला र टाँगामा सामान नेपाल भित्र्याएको प्रत्यक्षदर्शीले बताए । उनीहरुका अनुसार केहीबेर नाका बाट बाक्लै आवत जावत भएको थियो ।
धर्नामा बसेकाहरूलाई भने केही दिनदेखि दैनिक रूपमा तस्कर समूहले दुःख दिने गरेको संघीय समावेशी मधेसी गठबन्धनका नेता शिव पटेलले बताए । राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया