काठमाडौं, १६ पुस । सरकारका मन्त्रीहरु नै नियम मिचेर चलाइएको मेला महोत्सवको नाइके बनेर उद्घाटन गर्न तम्सन्छन् भने मुलुकमा कसरी चल्ला विधिको शासन ? सडक भरि अवैध होडिङ वोर्ड र रक्सी, वियरका तुल व्यानर टांगिएका छन् पोखराको लेक साईडमा ।
नेपालको कानूनले सार्वजनिक स्थल र सडकहरुमा धुम्रपान मद्यपानको प्रचार प्रसार र सेवन गर्न नपाइने स्पस्ट पारेको छ ।
तर, रेष्टुरेण्ट व्यवसायीहरुको संस्था रेवान पोखराले मुलुकको कानुनलाई मिचेर जथाभावी मद्यपानको प्रचार प्रसार गरेर दृश्य सुन्दरता बिगारेर पोखराको अस्तित्व नै भताभुङ्ग वनाइएको अवस्था छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
मान्छे हिड्ने फुटपाथ र सडकमा टेण्ट गाडेर भट्टि वनाइएको छ । सरकारले निषेध गरेको सिण्डिकेट सवभन्दा वढि अहिले लेक साइडमा रहेको छ ।
रोजेर खाने पिउने उपभोक्ताको अधिकारलाई कुण्ठित् पारिएको छ । प्रायोजन गरेर होडिङ वोर्ड र व्यानर राखेर रेवानलाई भेटी चढाउनेहरुको ह्ीस्की र वियर भन्दा अरु विक्री गर्न नपाउने अवस्था गरिएकाले उपभोक्ताले पैसा तिरेर पनि रोजेर खान नपाउने अवस्था रेवानको मेलामा रहेको छ ।
जथाभावी मूल्य लिएर उपभोक्ता ठगि गर्ने अखडा भएको छ पोखराको सडक महोत्सव । नेपाल सरकारका सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पुष १३ गते वसुन्धरा पार्कमा सडक महोत्सव उद्घाटन गरेर अनियमित र सिण्डिकेटलाई पक्षपोषण गरेका थिए ।
सार्वजनिक चौर वसुन्धरा पार्कलाई मदिरा पार्क वनाइएको थियो त्यहि पार्क जहाँ चारै तिर मदिराका होडिङ वोर्ड र तुल व्यानरले सजाइएका मञ्चका वीच उभिएर मन्त्री पोखरेलले सडक महोत्सवको उद्घाटन गरेर आफैलाई विधि उल्लघंनको पात्र वनाए ।
उद्घाटन कार्यक्रममा सांसद् रविन्द्र अधिकारी, क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीलगायतले पर्यटन प्रवद्र्धनका लागि सडक महोत्सव महत्वपूर्ण रहेको बताए । तर आफैले वनाएको कानूनको त्यहाँ भएको उल्लघंन र त्यसले पार्ने असरको वारेमा उनीहरुले बोल्ने नैतिकता देखाएनन् ।
यसकारण अवैध भयो महोत्सव
केहि समाचार माध्यमहरुलेकसाइडको सडक महोत्सवमा भएका अनियमितता, सेन्टिकेट र अवैध विज्ञापन प्रचार प्रसार रोकिनु पर्छ भन्ने विषयमा निरन्तर खवरदारीलाई जारी राखेपछि पोखरा उपमहानगर पालिकाले स्वीकृति प्रदान गर्दा १ नम्वर वुँदामा नै मद्यपान धुम्रपानको विज्ञापनलाई निषेध गर्ने शर्त राखेर त्यसलाई अवैध कार्य प्रमाणित गरेको छ ।
नगरपालिकाले आफ्नोपत्रमा मद्यपानको विज्ञापन गरेमा स्थानिय स्वायत्त शासन ऐन वमोजिम कारबाही गरिने पत्रमै लेखेर रेवानको महोत्सवलाई स्वीकृति प्रदान गरेको छ ।
पुष १२ गते मात्र नगरपालिकाले आफ्नो च.नं. १५२६३ को पत्रमा कार्यकारी अधिकृत झलकराम अधिकारीले हस्ताक्षर गरेर दिएका छन् ।
स्थानिय सरकारले रेवानको रक्सी महोत्सवलाई स्वीकृती दिएपनि मद्यपानको विज्ञापन प्रचारलाई अवैध प्रमाणित गरिदिएको छ । रेवानले स्वीकृती पत्र बुझेर लगेपनि अधिकांस स्थानमा मद्यपानका होडिङ बोर्ड, व्यानर अझ सडकमै र पार्कमै छन् ।
नगरप्रशासनले कसरी हटाएर कारवाही गर्छ, त्यो भने हेर्न बाँकी नै छ । महोत्सव उद्घाटन भएकै दिन पुष १३ गते जिल्ला प्रशासन कार्यालय कास्कीले पनि सडक महोत्सव आयोजकलाई झड्का दिएको छ ।
उसले एक सूचना जारी गर्दै मद्यपानको अवैध विज्ञापन प्रचार प्रसार हटाउने लगायत महोत्सवको बहानामा भएका विकृतिहरु अन्त्य गर्न जिल्ला प्रहरी कार्यालय र पोखरा उपमहानगरपालिकालाई निर्देशन दिएको छ ।
प्रशासनको यो निर्णयले नगरपालिकालाई समेत अवैध विज्ञापन हटाउन सहज भएको छ । पर्यटन मन्त्रीलाई उद्घाटनमा ल्याएर हौसिएका रेवानका पदाधिकारीहरुलाई नगरपालिका र जिल्ला प्रशासनको कदमपछि झड्का दिएको छ ।
त्यो भन्दा बढी नागरिकले रेवानले गरेको सडक महोत्सव पोखराको सौन्दर्यतालाई रक्सी सँग साटेर पैसा कमाउने माध्यम बनाउँदै आएको कुरा बुझेका छन् ।
जति नै पर्यटक आएपनि, महोत्सव मनाए पनि अवैध कर्मको सहयोग लिनु राम्रो नभएको लेकसाइड वासीहरु स्वयम् बताउँछन् भने अन्तका के कुरा ।
४ किमी लेकसाइडको सडक रेस्टुरेन्ट व्यवसायीको मात्र पेवा हैन भन्ने बुझ्नु जरुरी छ । नेपाल र नेपालीप्रति माया र राष्ट्रियता थियो भने नेपालीको नयाँ वर्ष किन ओझेलमा पर्छन् ? आम जनताको यो प्रश्न आयोजक र सरकारी निकायलाई ।















प्रतिक्रिया