७ कार्तिक २०८३, शनिबार

डन मनाङ्गेको क्षेत्रमा अर्का डन चक्रे देखिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chakre-milanकाठमाडौं, १६ पुस । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर टेकुले गुण्डागर्दीमा संलग्न नाइकेहरुलाई निगरानीमा राखिरहेका बेला डन मिलन गुरुङ ‘चक्रे’ भने खुलमखुला हिंडिरहेका छन् ।

मंगलबार उनी दरबारमार्ग प्रहरी चौकीसँगै रहेको नाइकको शोरुममा दलबलसहित पुगेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । चक्रेले त्यहाँ आधा घण्टा विताएर फर्केका थिए ।

झण्डै एक दर्जन गुण्डासहित चक्रे नाइकको शोरुमबाट फर्कदा बटुवाहरु उनलाई हेरिरहेका थिए । चक्रेको आधार क्षेत्र महाराजगञ्ज भए पनि अर्का डन दीपक मनाङ्गेको क्षेत्र मानिने दरबारमार्गमा रवाफ देखाउन उनी त्यहाँ पुगेको स्रोत बताउँछ ।

डन कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरीको इन्काउन्टरमा मारिएपछि राजधानीका डनहरु मात्र होइन टोले गुण्डाहरुको समेत भागाभाग भएको थियो । घैंटे मारिएकै दिन चक्रेले कुरिनटारमा रहेको एक रिसोर्टबाट ‘फिलिङ रिफ्रेस’भन्दै फेसबुकमा तस्वीर अपलोड गरेका थिए ।

गुण्डागर्दीमा नामुद मानिने चक्रे अन्य डनहरुको तुलनामा काठमाडौंमै बसेर आफ्नो राज चलाइरहेका छन् । यतिसम्मकी चक्रेका ड्राइभर समेत उनको रवाफ देखाउँदै हिड्छन् ।

चक्रेका प्रतिस्पर्धी मनाङ्गे भित्रभित्रै असुली धन्दाका साथसाथै कहिले मनाङ त कहिले रसुवा र खासाको बोडर तातोपानीमा बसेर व्यापार व्यवसाय गरिरहेका छन् ।

त्यस्तै गणेश लामा काठमाडौंमै गुमनाम बसिरहेका छन् । काभ्रेली समूहका उमेश लामा, विष्णु लामा, दावा लामा भने यतिखेर मनाङ्गेको छत्रछायाँमा हिंडिरहेका छन् ।