अमेरिकामा बसोबास गर्ने नेपाली मुलका मानिसले केवल घर नै किन्नको लागि जति सुकै बिखर्ची भएपनि धर्मपत्नीका गरगहना बेचेर घर खरिद गर्दैनन् । नेपालमा बडो दुखले बर्षौ लगाएर आफ्नी श्रीमतीलाई किनीदिएको गरगहना नाथे घर नै किन्न को लागि पुरुष बॆईमान हुदैनन् । बरु आफ्नो थाप्लोमा पशुपतिघाट नजाउन्जेल ऋण बोकेर भएपनि स्वास्नीका माईत, घर वा लोग्नेले बनाई दिएका आधुनिकदेखि अत्याधुनिक गरगहना छुदैनन ।
लोग्ने मानिस पत्नीका गर गहनामा राल काटदैनन । लोभ गर्दैनन किनभने अमेरिकामा श्रीमतीका गहना बेचेर एक छेउ पनि काम गर्दैन । त्यो प्रचलन अमेरिकामा छैन । अमेरिकामा पनि सम्पत्ति जोड्ने क्रममा नेपाल जस्तै पुग नपुग हुँदा सुन बेचबिखन गरेर काम चलाउने प्रचलन भएको भए लोग्ने स्वास्निमा झगडा पनि हुन् सक्थ्यो । तर यो विवाद नै छैन अमेरिकामा ।
अमेरिकामा आउने र आएका महिलाहरु अब ढुक्क भए हुन्छ । कुम्भकर्ण जस्तै गरि सुत्न पनि पाईन्छ । महिलाहरुको प्राण भन्दा पनि प्रिय पहेलो धातु (सुन)का गरगहना अब घरबासको लागि तारतम्य मिलाउने क्रममा पैसाले नधाने पनि अमेरिकामा बेच्नुपर्दैन । यो भन्दा हर्ष र खुशीको कुरा महिलावर्गलाई केहि हुँदैन ।
नेपालमा कति गरेर फकाएर सुन पछि जोडी दिन्छु अहिले भनेर पुरुषले उत्प्रेरणा गरेर गर गहना बेचौ भन्दा कैयौ घरमा महाभारत पनि भएको छ । महिला वर्गलाई आफ्नो गर गहना बेच्नु भनेको जीवन मरण को कुरा पनि भै दिन्छ । उनीहरुको हृदय दुख्छ । मन कटक्क खान्छ । मष्तिस्क त्यतिकै तात्दछ ।
चलचित्रमा देखाएको जस्तै एउटा मंगल सुत्र मात्र राखेर आफ्नो घर हुन्छ भने सुन भनेको भाग्य छ भने आउछ भनि स्वास्नी मानिसले नै लोग्ने मानिसलाई सहयोग गरेको लाखौ नेपाली समुदाय पनि छन । यो तितो सत्य पनि हो । अन्य चिज किन्दा त पत्नीको गर गहना बेच्न पति पत्नी राजी हुन्छन भने छानोको चाहना राखें दम्पत्तिले यो कुरामा कुनै आपत्ति जनाउदैन । सुन भनेको नगद वस्तु जस्तै हो । किनेर र राखेर बिग्रने कुरा हैन । पहिले पहिले मानिस सुन नै जोड्ने गर्थे । किनभने सार्हो गार्होमा बेची काम चलाउथे ।
अमेरिकामा पहेलो धातुका गर गहना लगाउने कम चलन छ । नेपाली र भारतीय समुदायहरु बेसी लगाउने गर्छन । फेरी घर यति महँगो हुन्छ कि नेपाली समुदाय संग भएको सुन तथा हिराका गरगहनाले एक छेउ धान्दैन । अमेरिकन मुद्राको नेपाली मुद्रासंग हिसाब गर्दा कहाली पनि लाग्छ ।
नेपालमा औसतमा साधारण, मध्यम वर्गदेखि माथिल्लो तहसम्म काम गर्ने कर्मचारीले तलबको भरमा मात्र बाच्ने कर्मचारीले जग्गा किन्दा पनि गरगहना, जगसम्म पुग्दा खर्च कतै पाईएन गर गहना र ढलाईमा एक मुस्ट रकम चाहिने हुनाले ढलाईमा खर्चको अभाव भो, उही गर गहना । यहि गहनाले ईज्जत बचाउने पनि गर्छ । यहि पहेलो धातु बेची या धरौटी राखी खर्च जुटाउने लाखौ परिवार छन । त्यसको अतिरिक्त साथीभाई ईस्टमित्र आदि ईत्यादीको पनि सदुपयोग गर्ने चलन छ, नेपालमा ।

अमेरिकामा फुट्टी कौडी साथीसंग पाइदैन । घर बनाउन यो उपाय काम लाग्दैन । नेपाली समुदायले कहिले काही सहयोग गर्दछन तर समग्रमा जागिरको धरमर हुने हुनाले सजिलोसंग सापटी नचिताए पनि हुन्छ अमेरिकामा । आर्धाङ्गिनीसंग भएका गर गहनाले पनि छोप लाग्दैन । अमेरिकामा घर लिने मानिसको ख्याती, गौरब तथा प्रतिष्ठा (क्रेडिट) रामो भए त्यस्ता घर कति आउछ कति । यो मात्र भएर पनि काम गर्दैन । मूद्रा घरको दाम हेरी केहि जोगाड हुनैपर्छ । नत्र घर असम्भव हुन्छ । गर गहनाले घडेरी किनुला भन्ने पनि हुदैन ।
अमेरिकामा आएर आएका महिलाहरु अब ढुक्क भए हुन्छ । कुम्भकर्ण जस्तै गरि सुत्न पनि पाईन्छ । महिलाहरुको प्राण भन्दा पनि प्रिय पहेलो धातु (सुन)का गर गहना अब घरबासको लागि तारतम्य मिलाउने क्रममा पैसाले नधाने पनि अमेरिकामा बेच्नु पर्दैन । यो भन्दा हर्ष र खुशीको कुरा महिलावर्गलाई केहि हुदैन ।
कत्रो दुखले कति धैर्यताले जीवनमा किनिएको धातु मध्ये कै सबै भन्दा महँगो पहेलो धातु सुनका गहना घर किन्ने समयमा नेपालमा पैसाले बिखर्ची भएको समयमा जस्तै अमेरिकामा बेच बिखन गर्नु नै पर्दैन ।
नेपालमा घर खरिद गर्दा पैसाले फिटफिट समयमा महिलाले सम्हालेर राखेका पहेला धातुका गहनाले ठूलो आई परेको बिपतलाई समाधान गरिदिन्छ । अमेरिकामा यसले काम गर्दैन । अमेरिकामा घर जस्तो महत्वपूर्ण सम्पत्ति जोड्दा आफ्नो गर गहना नबेच्नु पाउदा यो भन्दा उत्तम कुरा केहि हुन् सक्दैन । नेपालमा सुन या चाँदी भनेका आकस्मिक नगद सम्पत्ति हुन् । अमेरिकामा पनि केहि हद सम्म काम नगर्ने भन्ने सवाल हैन । तर घरको मुल्यको तुलनामा पहेलो धातु (सुन) र हिराको तुलना नै हुदैन ।
मानिसलाई जीवनमा पटक पटक अर्थको आवश्यक पर्दछ । भै परि आउने खर्च धेरै पटक आई लाग्छ । नेपालमा यस्ता विषम परिस्थितिमा सुन पसल, बैंक या धरौटी राखी पैसा निकाल्नुपर्ने अवस्था परे पनि अमेरिकामा अर्कै उपाय गरिन्छ । नेपालमा अधिकांश परिवारमा यसरि घर बनाउने चक्करमा घरकी लक्ष्मीको बर्षौदेखि जतनले थन्काएको गरगहाना बेची काम चलाउने गरेको देखिन्छ ।
माईती तथा आफन्तले दिएको पहेलो धातु र यसबाट बनेका थुप्रै ढाचाका गर गहना घर किन्ने निउमा अमेरिकामा महिला दुखित हुनुपर्ने अवस्थाबाट मुक्त छन् । उनीहरुको एक लाल, एक आना तथा आधा तोला पनि सुन मासिने छैन । चेलीबेटी, दिदीबहिनी तथा महिला वर्ग अमेरिकामा निर्धक्क भए हुन्छ । आफैले किनेको, श्रीमानले दिएको र घर परिवारले दिएको अमुल्य गरगहना अमेरिकामा नमासिने भएको छ । यहि नै सबैको लागि हर्षको कुरा हो ।
पहेलो धातु माग्ने सवालमा श्रीमतीले दिन्छे या दिन्न भन्ने लोग्नेको दिमागमा हुने तनाब यो बिषयमा अमेरिकामा नहुने हुनाले टाउको दुखाई नै भएन । घर अन्य कारणले बैंकले घर दिने हुने हुनाले पहेलो धातु को कारण नै घर झगडा नै नहुने देश अमेरिका । पति पनि खुस पत्नी पनि खुस । नजाने गाउँ को बाटो नै नसोध्नु भने झैँ ।
आहा ! क्या राम्रो अमेरिका ।















प्रतिक्रिया