१३ कार्तिक २०८३, शुक्रबार

गुल्मीमा एक महिनापछि पेट्रोल बितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pretol

– अनिल खत्री
गुल्मी, १३ पुस । गुल्मीमा झण्डै एक महिना बढी समयपछि सर्वसाधारणलाई पेट्रोल बितरण भएको छ ।

जिल्लामा रहेका दुईवटा पेट्रोल पम्पबाट जोर बिजोर नम्बरका आधारमा बितरण गरिएको हो । सोमबार जिल्लामा रहेका शिबशत्तिी आयल स्टोर्सबाट जोर नम्बरका र दिपक बोहोरा आयल स्टोर्सबाट बिजोर नम्बरका मोटरसाइकललाई पेट्रोल बितरण गरिएको छ ।

दुइवटा पेट्रोल पम्पमा लाईनमा बसेका सर्वसाधारणलाई बिलबुक र सबारी अनुमती पत्रका आधारमा प्रति मोटरसाइकललाई पाँच सयको पेट्रोल बितरण गरिएको थियो

भारतीय नाकाबन्दी पछिको असहज स्थितिमा पनि पटक-पटक पेट्रोलियम पदार्थ भित्रिएको गुल्मीमा एक महिना देखि पेट्रोल आउन सकेको थिएन् । लामो समयपछि जिल्लामा आएको पेट्रोल राख्न पाएपछि सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।

अन्य दिनहरुमा लाईनमा बसेर दुई सयको तेल राख्न पाएको र यस पटक भने पाँच सयको तेल राख्न पाएको प्रति खुसी ब्यक्त गरेका थिए । शुक्रवार जिल्लाको सदरमुकाम तम्घासमा रहेका दुईवटा पम्पहरुमा तिन तिन हजार लिटर पेट्रोल आएको थियो ।