
– युवराज श्रेष्ठ
लमजुङ । विदेश गएका कल्सी निधन भएको खबर पाएपछि उनका प्रेमिका छाराले घरपरिवारको दबाब अनुसार अर्को केटा चन्द्रसँग विवाह गर्छे । छोराले मृगको मासु खाने रहर गरेपछि चन्द्र मृगको शिकार गर्न जंगल जान्छ । दुर्भाग्यवश, साथीले मृगलाई हानेको बन्दुक चन्द्रलाई लागेपछि उसको त्यहीँ निधन हुन्छ र उनका श्रीमती छारा र परिवार विचल्लीमा पर्छ ।

यता निधन भएको भनिएका कल्सी विदेशबाट फर्किन्छ । उनले पनि शहर बजारका युवतीसँग विवाह गर्छ । श्रीमती ड्रग्स लिने भएकाले परिवारमा कलह हुन्छ । बच्चा जन्माउने क्रममा उनको पनि निधन भएपछि कल्सी पनि एक्लो जिवन विताउनुपर्छ । अचानक गाउँको दोबाटोमा माईत जान आएकी छाराको पुरानो प्रेमी कल्सीसँग जम्काभेट हुन्छ ।
जसलाई मरेको भन्ने खबरले अर्को केटासँग विवाह गरेकी छाराले उनलाई देखेपछि आश्चर्यमा परेर तिमी त मरेको भन्थ्यो, कसरी आयो ? भनेपछि, कल्सीले मेरो नाम गरेको अर्को साथीको निधन भएको हो, मेरो होईन भन्छ । दुबै जनाको परिवार विग्रिीएको हुन्छ, पुराना माया संझेर धेरै रुन्छन्, तर अन्तिममा आ– आफ्नो बाटो लाग्छन् ।

यो कथा हालै छायाङ्कन सकिएको गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र कर्मक्याँ अर्थात कर्मरेखाको हो । उक्त चलचित्र दुई महिना पछि प्रदर्शनमा आउने भएको छ । लमजुङको विम्दा, नाल्मा, बेसीशहर लगायतको स्थानमा एक महिना लगाएर हालै चलचित्रको छायाङ्कन सकिएको चलचित्र युनिटले जनाएको छ ।
अहिलेको विकास क्रम भन्दा झण्डे २५–३० बर्ष अघिका युवाले भोग्नुपर्ने संघर्षलाई समेटेर चलचित्र निर्माण गरिएको निर्देशक जस्सु गुरुङले बताईन् । उनले भनिन्, गाउँघरमा मोटरबाटो, संचार लगायतका सुविधा नहुँदा हुलाक मार्फत चिठीपत्र आदान– प्रदान गर्नुपर्ने र बाहिर गएका आफन्त एवं युवाले भोगेका समस्या चलचित्रमा समेटिएको छ ।

चलचित्रमा गुरुङ सँस्कृतिमा आधारित रोँधी, कृष्ण चरित्रका साथै अन्य सँस्कृति एवं लमजुङको नाल्मा र बिम्दा गाउँमा बोलिने स्थनिय गुरुङ भाषालाई प्राथमिकता दिईएको छ । चलचित्रले बैदेशिक रोजगारका समस्यालाई पनि समेटेको चलचित्र युनिटले जनाएको छ । झण्डै १५ लाख रुपैयाँको लागातमा निर्माण गरिएको चलचित्र कर्मक्या अहिले सम्पादनको चरणमा रहेको चलचित्र युनिटले जनाएको छ ।
चार वटा गित रहेको चलचित्रमा धनबहादुर गुरुङ र मालती गुरुङले स्वर दिएका छन् । यसअघि बन्दै आएका गुरुङ भाषाका चलचित्र भन्दा कर्मक्याँ फरक रहेको र दर्शकले नयाँ स्वाद पाउने निर्देशक गुरुङको दबी छ ।
हनेरी क्याप्टेन लोकबहादुर गुरुङ र धर्ममाया गुरुङ निर्माता रहेको चलचित्र कर्मक्याँमा शंकर गुरुङ ‘बतासे’को कथा, गित र संगीत रहेको छ । चलचित्रमा कलाकारहरु सुजित गुरुङ, रिया गुरुङ, विष्णु गुरुङ लगायत नाल्माका स्थानिय कलाकारको समेत भुमिका रहेको छ ।
चलचित्रमा सह– निर्देशन गजेन्द्र गुरुङ, सम्पादन रञ्जित राना, भेषभुषा उपेन्द्र गुरुङ, मेकअप शम्शेर गुरुङ र छायाङ्कन भेष गुरुङ र खेम थापा मगरको रहेको छ ।















प्रतिक्रिया