काठमाडौँ , १३ पुस । राजधानीको बालाजुमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
घरमा रङ लगाउने क्रममा तीन तला माथिबाट खसेर काठमाडौँ महानगरपालिका–२९ मित्रनगर बस्ने भारत बेतिया घर भएका १७ बर्षीय एकवाल आलमको मृत्यु भएको छ ।
बालाजु स्थित केशव स्थापितको घरमा रङ लगाउने क्रममा आइतबार तीनतला माथिबाट खसी गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














प्रतिक्रिया