१ कार्तिक २०८३, शनिबार

चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई टाफोनको स्वागत (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalakar-Sang (2) काठमाडौं । नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरुलाई टेलिभिजन कलाकर्मी मञ्च टाफोनले स्वागत गरेको छ ।
आईतबार  राजधानी एक कार्यक्रमको आयोजना गरि फुल माला र खादा ओडाएर नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सँगै कार्यकाल सफल्ताको शुभकामना पनि ब्यक्त गरियो । टाफोनकी अध्यक्ष दिपाश्री निरौलाको सभापतित्वमा भएको कार्यक्रममा सानो पर्दा र ठुलो पर्दाका कलाकारसबैले मिलेर काम गर्नु पर्ने बक्ताहरुले धारणा राखे ।
कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले सानो पर्दाका कलाकारहरुलाई आफुले झन बढी सम्मानका साथ हेर्ने गरेको बताए । ठुला पर्दाका कलाकारहरुले सानो पर्दाका कलाकारहरुलाई कलाकार नै नमान्ने प्रथाको अन्त्य गर्दै सबैलाई मिलाएर लैजान आफुले भुमिका खेल्ने उनको भनाई रहेको थियो ।
‘म पनि सानो पर्दा बाटै आएको कलाकार भएकाले पनि सानो पर्दालाई म निकै सम्मानका साथ हेर्छु’, बोगटीले भने, ‘आखिर सानो पर्दा भएपनि ठुलो पर्दा भएपनि गर्नुपर्ने काम उही नै हो, मेहनत उस्तै हो, त्यसैले हामी सबै एकै हौं भनेर अघि बढ्नु पर्छ ।’
कार्यक्रममा टाफोन अध्यक्ष दिपाश्रीले कलाकार संघ सदैव टाफोनका लागि सहयोगी हुनेमा विश्वस्त रहेको धारणा राखिन् ।
Kalakar-Sang (1)Nandita-Kc