
एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पार्टीमा स्पष्ट वक्ताका रुपमा चिनिनु हुन्छ । काठमाडौंमा सम्पन्न महाधिवेनमा उपाध्यक्षमा निर्वाचित ज्ञवालीले संविधान निर्माणका क्रममा धेरै भूमिका पनि खेल्नु भएको छ । मधेसी मोर्चाका मागप्रति अलि खरो टिप्पणी गर्दै आउनु भएका ज्ञवालले एमाओवादी, कांग्रेस र मधेसी मोर्चाबीच भएको पछिल्ला वार्ताप्रति आशंका जनाउनु भएको छ । यसै विषयमा सांसद एवम् उपाध्यक्ष ज्ञवालीसँग गरिएको कुराकानीको अशं जस्ताको त्यस्तै यहाँ राखिएको छ :
अहिलेको राजनीति । अहिलेको मुलुकको परिस्थिति अत्यन्त जटिल र अप्ठरो मोडमा छ । संविधान निर्माण गरेपछि मुलुकले एउटा नयाँ निकास पायो । र एउटा ठूलो ऐतिहासिक सफलता प्राप्ता भयो । यो सकारात्मक कुरा हो । र यो हाम्रा लागि अनुकुलता हो ।
यसले मुलुकलाई अगाडि बढाउनको लागि एउटा नयाँ सम्भावना दिएको छ । तर योसँगै नेपाली राजनीतिमा ठूला समस्या र संकटहरू देखा परेका छन् । ठूला चुनौतीहरू छन् हाम्रा सामुन्ने । यि विभिन्न चुनौतीहरूमध्ये भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण कसरी गर्ने ? भूकम्पबाट पीडित जनताहरूको राहतको काम उनीहरूको बसोबासको व्यवस्था कसरी मिलाउने ? यो एउटा ठूलो चुनौतीको रुपमा रहेको छ । अहिले पनि चिसोले कठ्याङ्ग्रिएर दजर्नौ जनताहरू मरिरहेका छन् । र सैयौँको संख्यामा बिरामी परिरहेका छन् । उनीहरू मरणासन्न अवस्थामा छन् । यो अत्यन्तै सम्वेदनशील विषय हो ।
र त्यस्तै अर्को नाकाबन्दीबाट सृजित समस्या जसले मुलुकलाई पाँच वर्ष पछाडि धकेलेको छ । मुलुक आर्थिक रुपमा धैरै नै ठूलो क्षति पुगेको छ । नोक्सान भएको छ । यसको समाधान कसरी गर्ने भन्ने अर्को समस्या छ । चुनौती छ ।
त्यस्तै अर्को, संविधान त हामीले बनायौँ तर संविधान बमोजिम अनेकौ कानुन हामीले बनाउनुपर्ने छ । ती कानुनहरू कसरी बनाउने भन्ने कुरा र साथसाथै संविधानले परिकल्पना गरेका संरचना निर्माणहरूको कुरा जस्तै राज्यको पुनःसंरचना छ । प्रदेशको निर्माण गर्नुपर्ने छ । यी यावत कुराहरू तमाम कुराहरू हामीले गर्नुपर्ने छ । संविधानले भने वमोजिम गर्नको लागि जति पनि चुनौती र समस्या छन् यसको समाधान गर्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा के हो भने नेपालका प्रमुख राजनीतिक पार्टीहरू संविधान निर्माण गरेका हिजोका सहयात्रीहरू आपसमा मिलेर अगाडि बढ्नु जरुरी छ ।
अब एउटा लोकतान्त्रिक प्रक्रियाबाट सरकार बनेको छ । नेपाली कांग्रेस विपक्षीमा छ । एमालेको नेतृत्वमा सरकार बनेको छ । यो एउटा सबैले स्वीकार गरेको प्रक्रियाको आधारमा बनेको हो ।
यति भएता पनि प्रमुख पार्टीहरू मिल्नु अनिर्वाय छ । त्यसको लागि के के एजेन्डामा ? कुन कुन विषयमा कसरी मिल्ने हो ? त्यसमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । त्यसो भएर अहिले सामान्य अवस्थामा जस्तो पक्ष प्रतिपक्ष भएर हरेक कुराको प्रतिपक्षले विरोध गर्ने कसैले समर्थन नगर्ने कराको राम्रो हुँदैन । तसर्थ सत्तापक्षले पनि प्रतिपक्षलाई कसरी समन्वय गर्ने कसरी उनीहरूलाई मिलाउने तयसमा सत्तापक्षले पनि हात अगाडि बढाउनु पर्छ । भूमिका खेल्नुपर्छ । 
प्रतिपक्ष पनि एउटा मुलुकको सबैभन्दा ठूलो दल भएको कारणले पनि उसले पनि सबै मिलेर अगाडि बढ्नुपर्ने वातावरण सृजना गर्नुपर्छ ।
पक्ष प्रतिपक्षको रुपमा निरन्तर अन्तर विरोध बढेर गयो भने यसको प्रत्यक्ष मार जनतालाई पर्छ । यसको दोष चाहिँ सबै पार्टीमाथि आउँछ । सत्तापक्षले मात्रै दोष लिनुपर्ने, प्रतिपक्षले लिन नपर्ने भन्ने विषय हुँदैन यो । जनताले सबैको मूल्यांकन गरीरहेका छन् । हेरिरहेका छन् र कसको भूमिका के हो ? भन्ने कुरा जनताले बुझिरहका छन् ।
नेपाली जनता धेरै राजनीतिक रुपमा सचेत छन् । यो पक्षमा सबैले गम्भीर रुपमा ध्यान दिनुपर्छ । नेपालका राजनीतिक पार्टीले मुख्य रुपमा ध्यान दिनुपर्ने विषय यो हो । प्रमुख पार्टीहरू मिलेर जानुपर्ने विषयमा ध्यान दिनुपर्ने छ ।
मधेसको समस्या हल गर्नको लागि मधेसका केही राजनीतिक दलहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूको माग र समस्या हल गर्नको लागि पनि एमाले, कांग्रेस र एमाओवादीलगायतका संविधान निर्माण गर्ने दलहरू मिलेर एउटा साझा धारणा बनाउनुपर्छ । पहिलै के कति हामिले गर्न सकिन्छ । कुन विन्दुसम्म पुग्न सकिन्छ । के काम हामी कुनै पनि हालतमा गर्न सक्दैनौ । यो विषयमा यी प्रमुख पार्टीहरू पहिल्यै उनीहरू गम्भीर रुपमा गृहकार्य गरेर व्यापक रुपमा छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्छ । अन्तिम हदसम्म हामी कुन तहसम्म पुग्न सक्छौँ यो कुरा चाहिँ पहिले नै प्रमुख दलहरूबीच सहमति हुनुपर्छ ।
तर यो हुन सकिरहेको छैन । अहिलेसम्म । यो विडम्बना हो । यो दुखद् करा हो । त्यत्ति मात्रै होइन अहिले आएर कांग्रेस, एमाओवादी र मधेसी मोर्चाबीच एउटा सहमति गर्ने प्रक्रिया चलिरहेको छ । र उनीहरूको बीचमा सहमति गरेर एमालेसित कुराकानी गर्ने भन्ने कुरा चाहिँ अहिले आइरहेको छ त्यो उल्टो कुरा हो । पहिला कांग्रेस, एमाले र एमाओवादीबीचमा सहमति भएपछि मात्रै मधेसी मोर्चासित कुराकानी गरेर उनीहरूलाई एउटा सहमतिको विन्दुमा ल्याउनुपर्ने आवश्यक्ता हो । यो सुल्टो कुरा हो ।
यसमा उनीहरूलाई कसरी मनाउने भन्ने बारेमा फेरि पनि मेरो जोड केहो भनेदेखि एमाले, कांग्रेस र एमाओवादीलगायत संविधान निर्माणको पक्षमा रहेका दलहरूका बीच एउटा सहमति गरेर मधेसी मोर्चासित वार्ता गर्ने र उनीहरूलाई निष्कर्षमा पुगाउने उनीहरूलाई मनाउने यो तरिका अपनाउनुपर्छ ।
तर त्यसो नभएर मधेसी मोर्चा, कांग्रेस र एमाओवादी पहिला सहमति गरेर त्यसपछि एमालेसित कुरा गरेर जाने सहमतिमा पुगाउने भन्ने एउटा सुरू भएको छ अहिले यो राम्रो कुरा होइन । यसले त्यति राम्रो परिणाम निकाल्दैन । यसको अन्तिम परिणती सकारात्मक हुँदैन । अन्तिममा परिणाम त्यति राम्रो हुँदैन । त्यो भएको हुनाले यो पक्षमाथि ध्यान दिनुपर्छ ।
र यसमा स्वयं प्रधानमन्त्रीको मुख्य ध्यान जानुपर्छ । सरकारको नेतृत्वकर्ताको हैसियतले पनि प्रधानमन्त्रीले यस विषयमा गम्भीर ध्यन पुगाउनु पर्छ । सायद उहाँको ध्यान गएकै होला ।
अहिले पार्टीहरू मधेसी दलहरूसित बसेर एउटा सहमतिमा पुगाउने भनेर संसदमा संविधान संशोधनसम्बन्धी विधेयक प्रस्तुत भएको छ । यसमाथि छलफल गर्ने र यसलाई अन्तिम निष्कर्ष पुगाउने कामहरूमा पनि लाग्नु पर्छ । यसमा मधेसी मोर्चालाई मनाउनु पर्छ । यसमा उनीहरूले मान्दैनौ भनेर अडान लिइरहेका छन् ।
यसमा उनीहरूलाई कसरी मनाउने भन्ने बारेमा फेरि पनि मेरो जोड केहो भनेदेखि एमाले, कांग्रेस र एमाओवादीलगायत संविधान निर्माणको पक्षमा रहेका दलहरूका बीच एउटा सहमति गरेर मधेसी मोर्चासित वार्ता गर्ने र उनीहरूलाई निष्कर्षमा पुगाउने उनीहरूलाई मनाउने यो तरिका अपनाउनुपर्छ ।
यसरी जाँदाखेरी मात्रै मुलुकले एउटा सहि निकास पाउन सक्छ । यो कुरालाई ढिलो गर्नु हुँदैन अब । तीब्र रफ्तारमा यो काम अगाडि बढाउनु पर्छ ।
प्रस्तुतिः विमल योगी (मितिः २०७२/०९/१३)













प्रतिक्रिया