रुकुम, १२ पुस । नेपाली काँग्रेस रुकुम क्षेत्र नं २ का सभापति एवम् जिविस रुकुमका पूर्वउपसभापति खम्बु मल्लको जग्गा विप्लव नेतृत्वको नेकपा माओवादीद्वारा कब्जा गर्ने प्रयास भएको छ ।
बाँफिकोट–२ ज्यारमा पानी नजिक रहेको करिब १२ रोपनी जमिनमा नेकपा माओवादीले शनिबार राति आफ्नो झन्डा गाडेको हो । सभापति मल्लले झन्डा गाड्नुअघि आफूलाई कुनै जानकारी नगरेको बताउनुभएको छ, तर नेकपा माओवादीले भने योभन्दा पहिले उक्त जमिन सार्वजनिक भएको जनाएको छ ।
सभापति मल्लले भने जमिन सार्वजनिक नभएको बताउनु भएको छ । शनिबार राति करिब ८ बजेतिर आएका पाँचजना नकाबधारी समूहले झन्डा गाडेर कब्जा गर्ने प्रयास गरेको एक प्रत्यक्षदर्शीले बताए । रासस














प्रतिक्रिया