१३ कार्तिक २०८३, शुक्रबार

युवा संगठनलाई परिचालन एमालेले बनायो कार्यदल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-sarlahi-6

काठमाडौँ, १२ पुस । नेकपा (एमाले)को मोर्चा सङ्गठनलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका सचिव तथा मोर्चा सङ्गठनका प्रमुख गोकर्णराज विष्टको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

आज एमालेको केन्द्रीय कार्यालय धुमबाराहीमा सम्पन्न सङ्गठनको बैठकले वार्षिक कार्ययोजनासमेत तयार गर्न कार्यदललाई जिम्मा दिएको छ । कार्यदलमा केन्द्रीय सदस्य थममाया थापा, सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, प्रेमल खनाल, केशवलाल श्रेष्ठ, बहादुर विक, महेशकुमार उपाध्याय रहनुभएको छ ।

यसैगरी बैठकले ‘मोर्चा सङ्गठन सञ्चालन निर्देशिका, २०६८’ संशोधनका लागि पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईको संयोजकत्वमा सम्बन्धित इञ्चार्ज र सबै सङ्गठनका अध्यक्ष रहेको अर्काे कार्यदल गठन गरेको छ ।

बैठकले लामो समयदेखि महाधिवेशन नभएका र केन्द्रीय कमिटीको बैठक नभएका मोर्चा संस्थाको बैठक बस्न र आगामी फागुन १५ गतेभित्र महाधिवेशनको मिति तोक्न निर्देशन दिएको छ ।

बैठकमा महासचिव ईश्वर पोखरेलले मोर्चा सङ्गठनको आवश्यकता र औचित्यबारे प्रशिक्षण दिनुभएको थियो । अखिल नेपाल नेपाल महिला सङ्घ र अखिल नेपाल किसान महासङ्घको कार्यकाल पूरा नभइसकेको छ । एमाले २० वटा मोर्चा सङ्गठन छन् । रासस