१ कार्तिक २०८३, शनिबार

धुर्मुस तथा सुन्तलीद्वारा सरसफाइ अभियान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus

रौतहट । आज पूर्व–पश्चिम राजमार्ग केन्द्रित सरसफाइ कार्यक्रमको आज चन्द्रनिगाहपुरमा प्रख्यात कलाकार सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली)ले सुरुवात गर्नुभयो ।

सो अवसरमा सरसफाइ अभियानका विशेष दूतसमेत रहनुभएका कलाकारद्वयले सरसफाइ अभियानलाई सफल पार्न आ–आफ्ना क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले फोहरमैला व्यवस्थापनको सुरुवात सर्वप्रथम व्यक्तिले नै गर्नुपर्ने बताउनुभयो ।

रौतहटको धन्सारदेखि पौराइस्थित बागमती पुलसम्म सरसफाइ गर्ने कार्यक्रम रहेको चन्द्रपुर नगरपालिका कार्यालयले जनाएको छ । रासस