
– शम्भू माली
कपिलवस्तु, १२ पुस । सरकारले मधेस आन्दोलनको माग सम्बोधनलाई वेवास्ता गरेको बिरोध स्वरुप संघिय समाबेसी मधेसी गठबन्धन कपिलवस्तुले मधेस आन्दोलनको मागपत्र सहितको ज्ञापन भैसीहरुको झुन्डलाई बुझाएको छ ।
राष्ट्रिय मधेस समाजबादी पार्टी, नेपाल सदभावना पार्टी, गणतान्त्रिक फोरम र तराई मधेस राष्ट्रिय अभियानको नेतृत्वमा निर्मित गठबन्धनको राष्ट्रिय कार्यक्रम अन्र्तगत सदरमुकाम तौलिहवाको प्रशासन चौकमा डेढ दर्जन भैसीको ¥यालीको आयोजना गरी गठबन्धनका नेताहरुले संयुक्त रुपमा सांकेतिक रुपमा ज्ञापन हस्तान्तरण गरेका थिए ।
गठबन्धनका नेताले भैसीहरुको प्रधानमन्त्रीसहित उपप्रधानमन्त्रीहरुको नाम टासेर नामाकरण समेत गरेका थिए । कार्यक्रम पछि आयोजित कोणसभामा बोल्ने गठबन्धनका जिल्ला नेताले सत्तासिन नेतृत्वले आन्दोलन दमन गर्दै मधेस आन्दोलनको माग सम्बोधन नगरी पशुवत व्यवहार देखाएकाले आफूहरुले प्रधानमन्त्री सहितका नेताका रुपमा भैसीलाई ज्ञापनपत्र बुझाएको बताए ।














प्रतिक्रिया