
काठमाडौँ, १२ पुस । अर्किड इन्टरनेशनल कलेजमा आईटीमा अध्ययन विद्यार्थीहरुको अर्किड टेक क्लबले शनिवार राजधानीको राष्ट्रिय नाचघर जमलमा सुरुवात जक्सन नामक कार्यक्रम सम्पन्न गरेको छ ।
धमला गु्रप, स्ल्याश प्लस, थ्रेड्सपेन्ट्स डट कम, स्प्यारो एसएम एस, इसेवा, लगायतले सह आयोजना गरेको कार्यक्रममा मुकेश धमला (डाइरेक्टर धमला गु्रप), सोहन बाबु खत्री (थ्री एच हिमालयन सीइओ), सुमन शाक्य (नेपाल इन्टरपायोनियर्स हब), आशिष आचार्य (थ्रेड्सपेन्ट्स–को फाउन्डर) तथा विकल्प न्यौपाने (स्टार्टअप एड्भाइजर) ले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा १५० भन्दा बढीको सहभागिता थियो ।
कार्यक्रम मूलतः नयाँ ब्यबसाय सुरुवात र चुनौती विषयमा केन्द्रित थियो । कार्यक्रम सहजीकरणमा बोल्दै सुमन शाक्यले हामीले आफ्नै स्रोत र साधन प्रयोग गरि नेपालमै केहि गर्न सक्छौ भन्दै नयाँ ब्यबसाय सुरु गर्ने व्यक्ति तथा समुहलाई ब्यबसाय सुरु गरिसकेपछि आउने समस्या र त्यसको समाधानको बिषयमा प्रस्ट पारेका थिए ।
त्यस्तै, आफ्नो अध्ययन बाहिर देशमा गरेर नेपालमै केहि गर्छु भनेर आएका अर्का युवा उधमी विकल्प न्यौपानेले आइटीको भबिस्य र एसका चुनौती बिषयमा कार्यक्रमको सहजीकरण गरेको क्लबको उपाध्यक्षमा अशोक खनालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सुजन उप्रेतीले आगामी दिनमा पनि यस्तै समसामयिक बिषयबस्तुलाई प्राथमिकता दिदै अन्य कार्यक्रमको आयोजना गर्ने बताए ।














प्रतिक्रिया