१ कार्तिक २०८३, शनिबार

रणवीरसँगको मज्जा नै बेग्लै हुन्छः सन्नी लियोनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leoneमुम्बई । अभिनेत्री सन्नी लियोनले रिलिजको तयारीमा रहेको आफ्नो फिल्म मस्तिजादे अभिनेता रणवीर सिंहको साथमा हेर्ने चाहना व्यक्त गरेकी छिन् ।

एक अन्तर्वार्तामा सन्नीले यो रहर सार्वजनिक गरेकी हुन् । रणवीरमा ‘सेन्स अफ ह्युमर’ भएकाले उनीसँगै बसेर फिल्म हेर्न मन लागेको सन्नीले सुनाइन् । उनले रणवीरसँग फिल्म हेर्नुको मज्जा नै बेग्लै हुने दाबी पनि गरेकी छिन् । रणवीर आफूलाई मन पर्नेमध्येको हिरो भएको सन्नीले खुलाएकी छिन् ।

सेक्स कमेडी फिल्मका रूपमा प्रचार भइरहेको मस्तिजादे २९ जनवरीमा रिलिज हुँदै छ । मिलाप जावेरीको निर्देशनमा बनेको फिल्ममा सन्नीका साथ तुषार कपुर, वीर दास, सुरेश मेननलगायतका कलाकारले अभिनय गरेका छन् । (नयाँ पत्रिकाबाट)