३० आश्विन २०८३, शुक्रबार

बेल्जियममा शेष घलेको भव्य स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shesh singaleबेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेलाई बेल्जियममा भव्य स्वागत तथा सम्मान गरिएको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमले घलेलाई स्वागत गरेको हो । अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा बेल्जियमको लुभेन सहरमा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ ।

गैर आवासिय नेपाली संघ, बेल्जियमका अध्यक्ष गंगाधर गौतम विशेष कामले नर्बे जानु भएकोले गैर आवासिय नेपाली संघ, बेल्जियमका कार्यबाहक उपाध्यक्ष पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि शेष घलेले नेपालमा भएको मानबिय संकटको सहयोगार्थ केन्द्रले निर्देशन गरे बमोजिम एनआरएनए बेल्जियमले भूकम्प पीडितहरुको लागी करिब एक करोड नेपाली रुपयाँ र औषधिको लागि पाँच लाख सहयोग गरेकोमा एनआरएन बेल्जियमलाई धन्यवाद दिनुभयो ।

साथै उहांले अहिले गैर आवासिय नेपाली संघ, बेल्जियमको आयोजनामा अन्तर्राष्ट्रिय समन्य परिषदको ५१ औं बैठकमा भएका निर्णयहरु बिधानसंगत रहेको बताउनुभयो । कार्यक्रममा अध्यक्षता गर्नु भएका एनआरएन बेल्जियमका उपाध्यक्ष कृष्ण पौडेलले छोटो समयको बाबजुद पनि कार्यक्रम आयोजना गरिएका भएपनि यो कार्यक्रमले बेल्जियमका प्रवासी नेपालीहरुलाई एनआरएनको अहिलेको गतिबिधीवारे बुझ्ने मौका मिलेको बताउनुभयो ।

गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रीय समन्य परिषदका सचिव अर्जुन श्रेष्ठले ५१औं बैठकमा भएका निर्णयहरु बिधानसंगत भएकोले उक्त कुराहरूको अब कुनै औचित्य नरहेको प्रस्ट पार्नु भएको थियो । जनसमुदायले गएको बैठकको निर्णयको बिषयमा प्रश्न गरेकाले यो बिषयलाई अब दोहराई राख्न आवश्यक नरहेको र नितीगत तथा ब्यवाहारिकरुपमानै समाधान भई सकेको प्रस्ट पारेका थिए ।

उक्त स्वागत कार्यक्रममा एनआरएनए, बेल्जियमका उपाध्यक्ष पदम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसैगरी एनआरएनए, बेल्जियमकी कोषध्यक्ष आङंमाया लामाले अतिथीहरुलाई खादा लगाई स्वागत गर्नु भएको कार्यक्रमलाई एनआरएनए, बेल्जियमका सचिव गोबिन्द सिंह अधिकारीले संचालन गरेका थिए ।