१ कार्तिक २०८३, शनिबार

हिरोइन नै पाएनन् सलमानले, भेटिएकाले पनि प्रस्ताव अस्वीकार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sultan2-580x395मुम्बई । बलिउड अभिनेता सलमान खानले हिरोइन् नपाएको समाचार बाहिर आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको मोस्ट अवेटेड फिल्म ‘सुल्तान’का लागि लीड हिरोइन नपाइएको हो । केहीले सलमानको प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

हालै प्रदर्शनमा आएको शाहरुख खानको फिल्म दिलवालेमा काम गरिसकेकी अभिनेत्री कृति सेननले ‘सुल्तान’मा सलमान खानकी हीरोइन बन्न आएको प्रस्ताव अस्वीकार गरेकी छिन् ।

यसअघि पनि फिल्मका लागि तीन हिरोइनले प्रस्ताव अस्वीकार गरिसकेका छन् । फिल्म युनिटले अझै पनि कतिलाई फकाउने प्रयास गरिरहेका छन् । अर्काेतर्फ ‘सुल्तान’मा सलमानका लागि नयाँ हिरोइनको खोजी पनि भइरहेको छ ।