मुम्बई । कुन फिल्म ‘हिट’, कुन फिल्म ‘फ्लप’ ? कुन फिल्मको कमाइ कति ? फिल्ममा कस्ता–कस्ता ‘मिस्टेक’ ? समिक्षकहरु फिल्मका यस्तै अन्तर–कुन्तर खोतल्छन् ।
फिल्म निर्माता, निर्देशक र कलाकारहरु आफ्ना र प्रतिस्पर्धी फिल्मका समीक्षामा निकै चासो पनि राख्छन् । शुक्रबार मात्र रिलिज भएको अभिनेता शाहरुख खानको फिल्म ‘दिलवाले’को पनि बलिउडमा चर्चा छ, केही नकारात्मक पनि ।
तर, शाहरुखले आफ्नो फिल्ममाथि भइरहेको समीक्षाबारे कुनै चासो नदिएको बताएका छन् । ‘लोकप्रिय फिल्ममा धेरै तत्व सामेल हुन्छन्, यस्तो फिल्मलाई दर्शकले मन पराउँछन्,’ शाहरुख भन्छन्, ‘आलोचकले मेरो फिल्म मन पराऊन् या नपराऊन् कुनै मतलब छैन, म खुसी छु ।’
उनले दिलवालेबारे आएका कुनै पनि समीक्षा नपढेको बताए । ‘फिल्मको मुख्य फैसलाकर्ता दर्शक नै हुन्, समीक्षक होइनन्,’ उनको भनाइ छ । (नयाँ पत्रिकाबाट)















प्रतिक्रिया