१ कार्तिक २०८३, शनिबार

सलमानविरुद्द मैदानमा उत्रियो महाराष्ट्र सरकार, अब के होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-khanमुम्बई । भारतको महाराष्ट्र सरकार सन् २००२ को हिट एन्ड रन मुद्दामा अभिनेता सलमान खानविरुद्द सर्वोच्च अदालत जाने भएको छ । स्थानीय पत्रकारका अनुसार महाराष्ट्र सरकारले बुधबार उच्च अदालतमा अपिल गरिसकेको छ ।

केही समयअघि सलमानलाई एउटा अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर, केही दिनअघि मात्रै उच्च अदालतले सलमान निर्दोष भएको फैसला गर्दै उनीबिरुद्दका सबै मुद्दा खारेज गरिदिएको थियो ।

२८ सेप्टेम्बर २००२ मा फुटपाथमा सुतिरहेका मानिसमाथि गाडी चलाएको आरोपमा अदालतले उचित फैसला नगरेको महाराष्ट्र सरकारको आरोप छ । (नयाँ पत्रिकाबाट)