३० आश्विन २०८३, शुक्रबार

चेन्नईका बाढी पीडितलाई एनआरएनए नाइजेरियाको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nigeria[1] लेगोस, नाइजेरिया । एनआरएनए नाइजेरियाले भारतको चेन्नईमा हालैको बाढीबाट पीडितहरुका लागि लेगोसस्थित तमिल एसोसियसन नाइजेरिया मार्फत नाइजेरियन नैरा एक लाख सहयोग गरेको छ ।

उक्त सहयोग रकम नाइजेरिया स्थित एनआरएन सदस्यबाट सहयोग स्वरुप जम्मा गरिएको हो । संघका नाइजेरिया अधक्ष्य दिपक कर्णका अनुसार छिमेकी मुलुकमा परेको अप्ठ्यारोमा सानै भए पनि सहयोग गर्न पाइएकोमा खुशी लागेको बताउनुभयो ।

संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले गएको भूकम्पको बिपतमा यहाँस्थित भारतीय समुदायहरुले एनआरएनएको राहत संकलन अभियानमा दिएको साथ् स्मरणीय रहेको भन्दै हामीले पनि तमिल समाजमार्फत सानो सहयोग पठाई दुखमा साथ रहेको संदेश दिएका छौ भन्नु भयो ।