३० आश्विन २०८३, शुक्रबार

प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारणसभाको तयारी पुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onf

सिकागो । प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारणसभाको तयारी पुरा भएको छ ।

गत जुन महिनाको ६ र ७ गते नेपालको पर्यटन अभिवृद्धि गर्नको लागि पर्यटन महोत्सवसहित संस्थाको दोस्रो साधारण सभा अमेरिकाको सुन्दर शहर सिकागोमा गर्ने तयारी अन्तिम रुपमा पुगिरहेको अवस्थामा अप्रिल २५ मा नेपालमा गएको भूकम्पका कारण स्थगित कार्यक्रम मध्ये संस्थाको साधारण सभा यहि डिसेम्बर २५ देखि सिकागोमा शुरु गर्ने गरि सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् ।

डिसेम्बर २५ देखि शुरु भै २७ तारिखमा सम्पन्न हुने कार्यक्रममा अमेरिकाका विभिन्न शहरहरुमा रहेका प्रवासी मंचका स्थानिय कमिटिहरुबाट छनौट भएका करिब ७५ जना प्रतिनिधिहरुहरुले भाग लिने भएका छन् केन्द्रिय कमिटिका सम्पूर्ण सदस्यहरु तथा स्थानिय कमिटिका प्रतेक २ जना गरि ७५ जना उपस्थित हुने तथा भएकोले प्रतिनिधिहरुको लागि आबाश् को लागि लज तथा बैठक्को लागि सभा हल आदि इभान्स्टन स्थित होटल हिल्टन ओरिन्ग्टल्मा ब्यबस्था भएको छ ।

अमेरिकाको विभिन्न शहरबाट सिकागो आउने सहभागीलाई विमास्थल मै स्वागत गर्ने र वहाहरुलाइ होटल सम्म पुराउने कामकोलागि स्थानिय कमिटीले स्वयम् सेवक परिचालन गर्ने भएको छ । साधारण सभामा मंचका गत डेढ वर्ष यता गरेका काम गतिबिधि र आगामी बर्षको सम्भबत जुलाईमा हुने मंचको दोस्रो रास्ट्रीय अशिबेसनामा केन्द्रित रहेर छलफल हुने अध्यक्ष संजय थापाले बताउनु भयो ।