मुम्बई । गत शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड बादशाह शाहरुख खानको फिल्म ‘दिलवाले’ले पाकिस्तानमा पनि धमाकेदार कमाई गरेको छ ।
शुक्रबार नै प्रदर्शनमा आएको सञ्जय लीला भंसालीको फिल्म ‘बाजीराव मस्तानी’को तुलनामा ‘दिलवाले’ले धमाकेदार कमाइ गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार रोहित शेट्टीद्धारा निर्देशित ‘दिलवाले’ले प्रदर्शनको पहिलो हप्ता अन्तिमसम्म ६.५ करोड रुपैयाँ कमाएको छ । उता रणवीर सिंह र दीपिका पादुकोण स्टारर फिल्म ‘बाजीराव मस्तानी’ले अहिलेसम्म २.१ करोड रुपैयाँ कमाएको छ ।
वितरकका अनुसार दिलवालेले शुक्रबारसम्म १० करोडको व्यापार गर्ने दाबी गरेका छन् ।
















प्रतिक्रिया