रोजगारीको शिलसिलामा लाखौ नेपाली अहिले मलेसियामा छन् । पछिल्लो अनुमान अनुसार ७ लाख भन्दा बढी नेपालीले यहां कडा परिश्रम गरिरहेका छन । अन्य मुलुकमा भन्दा कामका लागी धेरै नेपाली यहां आएकाले हाम्रा लागी मलेसिया पहिलो गन्तब्य बन्न पुगेको हो । मलेसियाले नेपाली कामदार लिन थालेको पनि १५ बर्ष पुरा भैसकेको छ । यतीका बर्ष भैकनपनि यहां कार्यरत नेपालीका समस्या भने दिन प्रतिदिन बढ्दै गइरहेको छ । बैदेशिक रोजगार आफैमा एउटा चुनौती पूर्ण क्षेत्र हो । हुन त बैदेशिक रोजगारसंग थ्रि डि जोडीएको हुन्छ । अर्थात
१ डेन्जर
२ डिफीकल्ट र
३ डर्टी
यि तिन कुराको मात्रै होईन मलेसियामा काम गर्ने नेपालीहरुले अरु पनि बिभिन्न समस्याहरुको सामना गर्नु पर्ने बाध्यता छ । अन्य मुलुकमा भन्दा मलेसियामा नेपालीले किन धेरै समस्या झेल्न बाध्य भए । यो प्रश्न सबैको मनमा उब्जने गर्दछ । नेपाल सरकारको एक मात्र निकाय राजदुतावास यहां पनि छ तर राजदुतावाससम्म पुगेर आफ्ना समस्या राख्न सक्ने अबस्था लाखौ नेपालीमा छैन् । राजदुतावास सम्म गुनासो पुगे पनि त्यसको कुनै सुनुवाई हुन नसकेका उदारहण पनि प्रसस्त भेटीएका छन् । बिभिन्न राजनितीक तथा सामाजिक संघ संघठन पनि यहा नभएका होईनन तर पनि समस्यामा परेका कमै नेपालीले मात्र उनीहरुको साथ पाउने गर्छन । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स मलेसियाबाट भित्रीन्छ । राज्य सम्बॣध बनाउन यहा पसिना बगाउने नेपालीको ठुलै हात छ । नेपालीहरु सबै भन्दा धेरै असुरक्षित पनि मलेसियामै छन । कुटपिट र चोरी लुट्पातका लागी मलेसिया प्रशिद्ध छ । अब्यबस्थित अबस्थामा यहां नेपालीहरुले ज्यानको बाजी लगाएर पसिना बगाउन बाध्य छन् । यसै सेरोफेरोमा केन्द्रित रहेर एकीकृत नेकपा माओबादीको मलेसियास्थित भातृ संगठन नेपाली जनप्रगतीशिल मञ्चका अध्यक्ष प्रेम पाण्डेसंग सहकर्मि सुदिप निउरे
– प्रवासमा राजनितीक संगठनको भुमिका कत्तिको आबश्यक छ ?
आबश्यक छ । किन आबश्यक छ भने । हामी प्रवासमा छौ । मलेसियाको सवालमा लाखौ नेपाली यहां कार्यरत छन् । बिभिन्न खाले समस्यामा उनीहरु परिरहेका हुन्छन । यो भन्दै गर्दा मलेसियामा हामी भयन्कर ठूलो लक्ष्य बोकेर संगठन बिस्तार गरेका हौ भनेर म भन्दिन । हामी स्वयम पनि रोजगारीको शिलसिलामा छौ । मलेसियामा कार्यरत लाखौ नेपालीहरुको समस्या पहिचान कुनै ब्यात्तीले गर्न सम्भब हुने कुरा पनि हैन । यहां आएका सबै नेपालीको पहुच दुतावाससम्म छैन । पहुच भएपनि दुतावासबाट ढिलासुस्ती भएको हुन सक्छ । कुनै एक ब्याक्त्तिको गुनासो राजदुतावासले नसुन्ला या ढिलासुस्ती गर्ला त्यस्का लागी पनि सहयोगीको रुपमा संगठन आबश्यक छ ।
– मलेसियामा राजनितीक ढंगबाट नेपालीका समस्या समाधान गर्न सम्भब छ ?
हाम्रो संगठनले मलेसियाको सरकारसंग या यहांका राजनितीक दलसंग सरोकार राख्ने कुरा होईन । हामी हाम्रा आम नेपाली दाजुभाई दिदीबैनीहरुका समस्याहरुको पहिचान गर्ने र त्यसको समाधानका लागी पहल कदमी गर्ने हो । जुन कुरा आन्तरिक तरिकाले गर्न हामी सक्षम छौ । मात्र यती हो की कस्को समस्या के हो हामी त्यस बिषयमा बहष गर्छौ । मुलत मलेसियामा रहेको हाम्रो एक मात्र सरकारी निकाय नेपाली राजदुतावासको मातहतमै समस्या समाधानको बिकल्प खोज्ने गर्दछौ । त्यस्तै नेपाली राजदुतावासको काम कारवाहीका बारेमा आएका जन गुनासाहरुलाई मध्यनजर गरी राजदुतावासलाई सचेत गराउने र उस्को काम कारवाही चुस्त बनाउने प्रयासमा हामी लागी पर्छौ ।
– समस्या, गुनासा कत्तिको आउने गर्छन ?
गुनासा धेरै नै आउने गर्दछन् । अधिकांश गुनासा भनेको कम्पनिसंग सम्बन्धित भएको पाईन्छ । जस्ले आफ्ना समस्या तथा गुनासाहरुलाई लिएर आउनु हुन्छ , उहांहरुलाई ती समस्याको समाधान कसरी गर्ने भन्नेबारे राय सुझाब हामी दिन्छौ । यद्यपी अहिलेपनि अधिकांश नेपाली राजदुतावाससम्म पुगेर आफ्ना समस्या राख्न सक्ने अबस्थामा छैनन । समस्याको समाधान खोज्ने निकाए भनेको राजदुतावास नै हो । राजदुतावासले ढिला सुस्ती गऱ्यो समस्या समाधान हुन सकेन भने उहांहरुका समस्या जो बास्तबिक पिडीत हुनु हुन्छ उहालाई लिएर हामी फेरी राजदुतावासको ढोका ढक्ढकाउन जान तयार छौ ।
– मलेसियामा नेपाली संघ संघठन धेरै , काम भने थोरै हुने गरेको देखिन्छ नि ?
यो कुरा पनि सहि हो । यहां काम केहि पनि नगर्ने र संस्थाको नाम भंजाएर हल्ला गर्ने परिपाटी पनि छ ।संस्था खोल्नु मात्र ठुलो कुरा होईन काम पनि गरेर देखाउनु पऱ्यो । नेपाली श्रमिकको सवालमा एक शब्दपनि चुईक्क आवाज उठाउन नसक्नेहरु पनि प्रसस्त छन् । आम श्रमिकलाई कमाई खाने भाडो बनाउने प्रबृति पनि ब्यापकरुपमा मौलाई रहेको छ । यि गलत प्रबृतिहरुलाई नजर अन्दाज गरि कारबाहीको दायरामा ल्याउनु पर्छ । जस्ले यहां श्रम गर्न आएका नेपालीलाई केहि पनि गर्न सक्दैन त्यस्ताखाले नाम मात्रका संस्थाको भविश्य पनि हुदैन । फेरी यहां भएका सबै संस्थाले खराब काम गरे भन्न पनि मिल्दैन । काम नगर्नेहरु बिस्तारै बिलाउंदै जान्छन । म उनीहरुलाई के भन्न चाहन्छु भने कमसे कम राजनितीक होस या सामाजिक संस्था स्थापना गरिसकेपछि नेपालीहरुको हितमा केहि गरौ ।
– मलेसियामा नेपालीबाटै नेपाली पिडीत भए भन्ने कुरा बारबार आउने गर्छ । तपाईलाई के लाग्छ ?
यो कुरा पनि गलत होईन । जो मलेसिया आउन शुरु गर्छ उस्लाई घरको दैलोबाट निस्कीएर मलेसिया आए पछि पनि बिभिन्न बहानामा लुट्ने काम जारी हुन्छ । पछिल्लो समय मानविय समबेदना भन्दा रुपया पैसाको भ्यालु बढ्दै गएको हामी सबैले देख्न सक्छौ । यो नितान्त गलत कुरा हो । मलेसियामा पनि यो समस्या बिद्यमान छ । नेपालमा एउटा काम भनिन्छ त्यो काम यहां मिल्दैन । भनेको जती तलब मिल्दैन् । कम्पनि भनेको हुन्छ सप्लाईमा परेको हुन्छ । न बस्ने बासस्थान राम्रो मिल्छ । यी जती पनि कुरा छन् गलत जानकारी दिनेहरु नेपालीनै हुन्छन । त्यती मात्र होईन भोली त्यही नेपाली मलेसियामा अबैधानिक बन्छ , त्यसलाई अर्काे काममा लगाउंदा काम लगाए वापत पैसा लिने अनि घर फर्किन चाहे मोटो रकम असुल्ने पनि नेपाली हुन्छ । त्यसैले नेपालीबाटै नेपाली पिडीत बन्ने क्रम दिन प्रतिदिन बढ्दो छ । यो बिकृतिको अन्त्यको बिकल्प भनेको राज्यले मलेसिया सरकारसंग श्रम संझौता गर्न जरुरी छ । त्यसो भएको खण्डमा मात्र भनेको काम र भनेका दाम मिल्छ नत्र भने यो ठगी प्रक्रिया निरन्तर रहिरहन्छ ।
– राजदुतावासका काम प्रति किन सन्तुष्ट बन्न सक्दैनन मलेसियामा काम गर्ने नेपालीहरु ?
राजदुतावाससंग पनि कुनै जादुको छडी हुदैन । सबै नेपालीका समस्या सुनेर ती सबै समस्याको समाधान तत्काल निकाल्न राजदुतावासलाई पनि सम्भब छैन् । मलेसिया रोजगारीका लागी आउने नेपालीको संख्या धेरै भएकाले समस्या पनि धेरै आउनु स्वभाबिक हो । हामीहरु सधै अरुलाई गाली गर्न तयार छौ आफ्नो तर्फबाट पनि आफुले गर्नु पर्ने जिम्मेवारी के हो त्यो हेक्का राख्दैनौ । खास गरि राजदुतावासको फोन उठ्दैन । राजदुतावासमा परेका उजुरी उपर छानबिन हुदैन । भैहाले पनि ढिला सुस्ती हुन्छ भन्ने गुनासा आई रहन्छन । आएका जनगुनासाहरु सुनेर राजदुता
– मलेसियालाई सुरक्षित बैदेशिक रोजगारको गन्तब्य बनाउन अब राज्यको निती कस्तो हुनुपर्ला ?
पहिलो कुरा त मलेसियासंग श्रम सम्झौता गर्नु पऱ्यो । नेपाल सरकारले घोषणा गरेको फ्री भिसा
















प्रतिक्रिया