– बाबु साईला
सोल, कोरिया । केही दिन यता सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठको दक्षिण कोरियामा निक्कैं चर्चा हुने गरेको छ ।
दक्षिण कोरियामा रोगजार प्रणालीमार्फत कोरिया पुगेका सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठको कोरियन र नेपाली शब्दको प्रयोग गरेर तयार पारिएको पुर्वेली लोक गीतले राम्रो प्रतिक्रिया पाईरहेको छ ।
सञ्चारकर्मी गायक श्रेष्ठले आफूले काम गर्दा भोगको कुरालाई जस्ताको तस्तैं शब्दमा उतारेर गाएको गीत हरमा हरले दर्शक, श्रोताको मन सजिलैं जीत्न सफल भएको छ ।
कोरियाको पिडालाई मर्मस्पर्शी ढंगले उतारिएको यो गीत सार्वजनिक भएको ३ दिनमैं हिट भएको छ । ३ दिनमा करिब ९ हजार बढीले यो गीतको म्युजिक भिडियो हेरिसकेका छन् । कोरिया कामको शिलशिलामा आएको करिब ३० हजार नेपालीको कथालाई गीत र भिडियो दुवैंमा देखाइएको छ । कोरिया आएका नेपालीहरुको मुखमा झुन्डिन सफल बन्दैं गएको यो गीत सबैंले आफनो कथा, व्यथा उजागर भएको टिकाटिप्णी गरेका छन् ।
साथैं भिडियोमा समेत कोरियन साहुले कामदारलाई गर्ने र्दुव्यवहारलाई झल्काइएको यथार्थपरक पुर्वेली लोक भाकामा रहेको संगस नेपालको युटुब च्यानलबाट सार्वजनिक हो । शुक्रबार मात्र अफिसियल्ली रिलिज गरिएको गीत दक्षिण कोरियामा निक्कैं राम्रो प्रतिक्रिया पाईरहेको गायक श्रेष्ठले बताए ।
सञ्चारकर्मी गायक श्रेष्ठ आफैंले सरु गौंतमको साथमा यो गीत गाएका हुन् । युटुब र फेसबुकमा सेयर गर्नेको संख्या हवात्तैं बढेको छ । यो गीतमा नेपालमा रहेकी श्रीमतीले थोन मान्ही फर अर्थात पैंसा धेरैं कमाउ भनेका छन् । जसको उत्तरको खोजी भिडियो र गीतबाट देखाउन खोजिएको छ ।
एअर भोईस रेडियोमार्फत आधिकारिक रुपमा यो गीतको सार्वजनिक गरिएको हो । टंक बुढाथोकीले संगीत संयोजन गरेका हुन् । कोरियामा छायांकन गरिएको यो गीतमा अर्का सञ्चारकर्मी डम्बर सुब्बाले निर्देशन गरेको भिडियोमा बाउको फेसबुक सर्ट मुभीबाट चर्चामा आएका धर्मेश श्रेष्ठ, स्निका थापा मगर, गायक श्रेष्ठ, नारायण कार्की, दिपश परियार लगायतले यो भिडियोमा जीवन्त अभिनय गरेका छन् ।
भीषण मगरको सम्पादन तथा क्यामेरा रहेको थोन मान्ही फर कोरियामा काम गर्दा नेपालीले भोग्नुपरेको पिडा र आइपर्ने समस्यालाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ । सञ्चारकर्मी श्रेष्ठले नेपालमा सप्तकोशी एफ एमबाट सञ्चारको क्षेत्रमा पाईला टेकेका थिए । कोरिया सन २०१२ मा आएका श्रेष्ठले कोरिया आउनु अघि नवज्योती एफएम, स्टार एफ एममा कामको अनुभव बटुलेका थिए ।
हाल कोरियामा कामको साथैं दक्षिण कोरियाबाट प्रकाशित हुने अनलाईन पत्रिका फोनिज कोरिया डट कम, अनलाईन वेभ टिभि, एअर भोईस रेडियोमा संलग्न रहेका छन् ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया