३१ आश्विन २०८३, शनिबार

मधेसी मोर्चा किन ओली सरकार टिकाइ राख्न चाहन्छ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jitendra Sonal

फेरि पनि अहिले यदि एमालेको नेतृत्वमा रहेको सत्ता, सरकार यदि परिवर्तनको कुरा उठ्ने हो भने यो मधेस आन्दोलनसँग एक प्रकारले खेलवाड गर्नु हो । कोइरालाको नेतृत्वले यो समस्या समाधान गरेका भए त कमसेकम जो सरकारमा २०/२५ दिन यता सरकार बनाउने समयमा त्यो समयमा हामी धर्ना र आन्दोलनमा त बस्नु पर्दैन थियो । अबफेरि सबैको ध्यान संविधान संशोधनतिर लगेर हामीले उठाएको समस्याको समाधान गर्नुको सट्टा यदि संविधान संशोधनभन्दा पनि सरकारमा लगेर जोड्ने हो भने मधेस आन्दोलनसँग खेलवाड हुन्छ । अहिले भनेको संविधान संशोधनको प्रक्रिया हो । संविधानमा उठेको मुद्दाहरूको संवोधनको प्रक्रिया हो । किन कि तपाईहामीले बडा राम्ररी के बुझ्नु पर्छ संविधान संशोधन दुईतिहाई नभइकन हुँदैन । त्यसैले अहिले सरकार परिवर्तनको खेलामा लागेर एमालेलाई चिढाउनु हुँदैन । सरकारको खेलमा लाग्ने भनेको सेफल्यान्डिङतिर जान खोजेको वार्ता विथोल्ने हो ।