३१ आश्विन २०८३, शनिबार

नेपाली युवतीलाई यौनांगमा ढुंगा, फलामका टुक्रा हालेर बलात्कार गर्नेलाई मृत्युदण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeed

काठमाडौं, ७ पुस । गत फेब्रुअरी दोस्रो सातामा हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि जघन्य बलात्कारसहित हत्या गर्ने ७ जना अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट आएकी २८ वर्षीया सुनार युवतीलाई स्थानीय भारतीय नागरिक र नेपाली कामदारले नजिकैको जंगलमा लगेर बलात्कार गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

बलात्कारपछि उनको यौनांगमा ढुंगा, फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो ।

हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सीमा सिंघलले पदम, पवन, सुनील, सरबर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।