३० आश्विन २०८३, शुक्रबार

यी नेपालीलाई किन लन्डनमा व्यापक खोजी गरिँदैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suman Shrestha Londonलन्डन । लुटपाट र चोरीका घटनामा संलग्न रहेको आरोपमा लन्डनको प्रहरीले एक नेपालीसहित एक दर्जनको तस्बिरसहितको सूची सार्वजनिक गरेको छ ।

स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराहरुको सूचीमा २६ वर्षीय नेपाली नागरिक सुमन श्रेष्ठ पनि परेका हुन् । उनले लन्डनमा आपराधिक कार्य गरेको जनाइएको छ ।

बेलायतको पत्रिका गार्डियनले जनाए अनुसार, सुमनले लन्डन हन्स्लोमा तीनवटा लुटपाट गरेको र सन् २०१० को सेप्टेम्बरदेखि नोभेम्बरभित्र दुई लुटपाट प्रयास गरेको आरोपमा खोजी गरिएका छन् ।

स्टकल्याण्ड यार्डले थालेको एन्टी बरग्लरी अपरेसन बम्बल बी अन्तर्गत व्यापक खोजिएका दर्जन लुटेरा आरोपीको तस्बिर सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका लुटेरामा कोही त दश हजार पाउण्ड मुल्य बराबरको सुन लुट्ने पनि छन् ।

आसन्न क्रिसमस र नयाँ वर्ष पर्वका अवसरमा झन् बढि लुटपाट हुने चिन्ताबीचप्रहरीले बनाएको विशेषज्ञहरुको टोलीले अहिले बेलायती राजधानीभर व्यापक खोजी गरिरहेको जनाइएको छ ।

प्रहरी तथ्यांक अनुसार, पछिल्लो केही महिनायतामात्र घर प्रवेश गरेर लुटपाट गर्ने क्रम २५ प्रतिशतले वृद्धि भएको छ । (दोस्रो लहरको बीचमा छन् सुमन श्रेष्ठ)