काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका नाममा भएका अराजकता नसहने बताउनुभएको छ ।
सुनसरी एमालेको जिल्ला परिषद् उदघाटन समारोहमा बोल्दै हिंसा, तोडफोड, आगजनी र देशविरुद्धकै अभिव्यक्तिलाई सरकारले धेरै सहिसकेको भन्दै उहाँले भन्नुभयो- ‘आन्दोलनका नाममा भएका धेरै हिंसा, आगजनी, सरकार र देशविरुद्धकै अभिव्यक्तिहरु हामीले सह्यौं, अब सरकारले सहँदैन, कारबाही गर्छ,’
शान्तिपूर्ण आन्दोलन भनेर चौकीमा आक्रमण गर्ने, आगो लगाउने र अनि तिनलाई कारबाही गर्दा दमन गरेको आरोप आन्दोलनकारी लगाउँदै आएको भन्दै प्रधानमन्दत्री ओलीले अब सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीले आफूलाई मत नदिनेलाई राजीनामा माग्ने अधिकार नभएको बताउनुभयो । उहाँले सरकारमा सहभागी हुन प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पुनः आग्रह गर्नुभयो ।















प्रतिक्रिया