टेक्सस । अमेरिकास्थित नेपाली समाज टेक्ससको अध्यक्ष पद्का उम्मेदवार विजयराज भट्टराईले विदेशी माटोमा नेपाली–नेपालीबीचको प्रेम र सद्भावलाई बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
विगत १० बर्षदेखि टेक्ससमा रहेर नेपाली समुदायको हितमा समर्पित रहेको भन्दै उहाँले टेक्ससमा रहेका नेपालीसँगै हाँस्न अनि आँशु पुछ्न आफू अध्यक्ष बन्न चाहेको बताउनुभयो ।
मतदाताहरुलाई आफ्नो मतको सही सदुपयोग गर्न आग्रह गर्दै उहाँले हाम्रोलाई पनि भन्दा पनि राम्रोलाई जिताउन अनुरोध समेत गर्नुभएको छ । उहाँले राजनीतिक पूर्वाग्राह बिना मतदान गर्न समेत आह्वान गर्नुभएको छ।
यस्तो छ केही दिन पहिले हिमालय खबर र दैनिक नेपालले उहाँसँग गरेको कुराकानीः
















प्रतिक्रिया