१ कार्तिक २०८३, शनिबार

‘दिलवाले’को बम्पर ओपनिङ, पछाडी पर्‍यो ‘बाजीराव मस्तानी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dilwale-Bajirao-Mastaniमुम्बई । शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएका बलिउडका दुई बहुप्रतिष्ठित फिल्ममध्ये शाहरुख खान र काजोल स्टारर ‘दिलवाले’ले बम्पर ओपनिङ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो दिनको कमाईको तथ्यांक हेर्दा रणवीर सिंह, दीपिका पादुकोण र प्रिंयका चोपडा स्टारर फिल्म ‘बाजीराव मस्तानी’ पछाडि परेको छ ।

तथ्यांक अनुसार शाहरुखको फिल्म ‘दिलवाले’ले पहिलो दिन २१ करोड भन्दा बढीको व्यापार गरेको छ । फिल्मले ईस्ट र साउथ इण्डियामा पनि राम्रो सुरुवात गरेको छ ।

यसैगरी ‘बाजीराव मस्तानी’ले पहिलो दिन १२.८० करोड रुपैयाँ कमाएको छ । खबर अनुसार यो फिल्मको कथा राम्रो रहेको बताइएको छ । फिल्म विश्लेषकका अनुसार एकैदिन दुई ठूला फिल्म प्रदर्शनमा आउँदा बजारमा असर परेको बताएका छन् । उनीहरुले दर्शक पनि बाँडिएको बताए ।