१ कार्तिक २०८३, शनिबार

महानायक राजेश हमाल साइकलमा सरर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-Hamal (1)
काठमाडौं । शनिबार राजधानीको क्रितिपुरबाट चलचित्र ‘बागमती’को प्रायोजनमा एक साइकल र्याली सम्पन्न भयो ।
महानायक राजेश हमालले साइकल र्याली कार्यक्रमको उद्घाटन मात्रै गरेनन कि चलचित्र बागमतीको प्रचार प्रसारको लागि आफैले साइकल चलाएर कार्यक्रम सफल समेत परेका थिए ।

चलचित्र बागमतीको प्रदर्शन मिति नजिक आउदै गर्दा चलचित्रका मुख्य कलाकार राजेश हमाल नै चलचित्रको प्रचार प्रसारको लागि खुलेर लागेका छन् । सो कार्यक्रममा हमालले आफ्नो नया चलचित्र बागमती हेर्न सबै दर्शकलाई अनुरोध समेत गरेका थिए ।

महानायक राजेश हमालले रिबन काटेर सुरु गर्नु भएको सो साइकल र्याली किर्तीपुरबाट सुरु हुदै चोभार, बागमती, नखु, पाटन दरबार स्क्वायर, कुपन्डोल, त्रिपुश्वर, असन, नरदेवी, कालिमाटी, बल्खु हुदै क्रितिपुर नै पुगेर समापन भएको थियो ।

Rajesh-Hamal (3)

चलचित्र बागमती लेखिएको टिशर्ट लगाएर करिब ३०० जनाले ४० किलो मिटरको सो साइकल र्याली पुरा गरेका थिए । ‘cycling for rebuilding nepal ”save  fuel save environment’ नाम राखिएको सो साइकल र्यालीलाई लायन क्लब अफ गोल्डेन टाउन तथा इन्द्रेणी क्लब क्रितिपुरको सयुक्त आयोजनामा गरिएको थियो ।

Rajesh-Hamal (2)

महानायक राजेश हमालले अमेरिका बाट फर्के लगतै चलचित्र बागमतीको प्रचार प्रसारको लगेर खुलेरै लाग्ने बताए अनुसार हमाल साइकल र्यालीमा सहभागिता भएर चलचित्रको प्रचार प्रसारमा लागेको देखेर चलचित्र निर्माण युनिटको हौसला अझै बढेको चलचित्र निर्माण युनिट बताउछन् ।