३० आश्विन २०८३, शुक्रबार

एचडिएनपी अन्तर्राष्ट्रियद्वारा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

devi 3
वाशिंगटन डिसी । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा त्रैमासिक रुपमा पूर्व घोषित रक्तदान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l
 
गत महिना धन्यबाद दिवस(थांक्स गिभिंग)मा घरबार बिहिन मानिसलाई भोजन गराउने योजना रहेता पनि भिषण बर्षाको कारण उक्त कार्यक्रम रद्ध भएको थियो l
 
अमेरिकाको टेक्सास को आर्लिंगटन डलस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखिहरुलाई उक्त संस्थाले आउदो डिसेम्बर २६ तारिखमा खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले बताए l करिब ४ सय जनालाई खाना खुवाउने तयारी भै रहेको आचार्यले जानकारी गराएका छन् l
 
devi 6आज सम्पन भएको रक्तदानमा २६ जनाले रगत दान गर्नुको साथै नगद समेत प्रदान गर्नु हुने सबैमा संस्थाको तर्फ बाट आचार्यले  धन्यबाद दिएका छन् l
 
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (नाजुक तथा असहायको लागि सहयोग अन्तर्राष्ट्रिय )भन्ने संस्थाले स्थापना काल देखि नै भोका ,भिखारी तथा अशक्तलाई खानाको व्यवस्था गर्दै आई रहेको छ l
 
उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l  र ,यसको लागि विभिन्न दाता संस्था तथा सरकारी तवरमा पनि काम गरि रहेको बताउदै दिर्घ कालिन रुपमा यसलाई लागि मानवीय सहायता गर्नु यसको उदेश्य रहेको संस्थापक आचार्यले बताएका छन्l
 
हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताएका छन् l
 
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको छ l
 devi 5  devi 7