३१ आश्विन २०८३, शनिबार

अंगिकृत नागरिकता लिएकालाई उच्च पदमा जान दिनु हुँदैन : चुरे भावर पार्टी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badriprasad Neupaneकाठमाडौं, ५ पुस । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल आन्दोलनरत सबै समूह र राजनीतिक दलका जायज माग गर्न सरकारसँग आग्रह गरेको छ ।

चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज (आइतबार) बिहान प्रेस विज्ञप्ति जारी गरेर सबै दल र समूहका राजनीतिक मागलाई यथोचित रुपमा पूरा गर्न आग्रह गर्नुभको हो ।

‘मुलुकलाई निकास दिनका लागि सबै आन्दोलनरत समूह तथा राजनीतिक दलहरू थारु, मधेसी तथा पूर्वका जिल्लामा सुरु भएको लिम्बुवानको आन्दोलनका जायज राजनीतिक मागलाई यथाशक्य छिटो वार्तामार्फत पूरा गर्न सरकारलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा अध्यक्ष न्यौपानले भन्नुभएको छ ।

चुरे भावर क्षेत्र समेटेर संघीय प्रदेश बनाउनु पर्ने आफूहरूको मागलाई सरकारले बेवास्ता गर्दै आएको बताउनुभएका अध्यक्ष न्यौपानले भन्नुभयो भएको छ, ‘चुरे भावरसँग भएका सम्झौतालाई सरकारले पूरा गर्न चासो पनि देखाएको छैन । सरकारले वार्ताको लागि कुनै पहल नगरेको हुँदा बाध्य भई दोस्रो चरणको आन्दोलन सशक्त रुपमा लैजाने चेतावनी दिन चाहन्छौँ ।’

नागरिकताको विषयलाई लिएर अहिले विभिन्न चर्चा र परिचर्चा एवम् माग उठेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको चुरे भावर पार्टीले जनाएको छ । ‘हाम्रो जस्तो सानो, भौगोलिक तथा सामरिक हिसाबले ज्यादै सम्वेदनशील मुलुकमा नागरिकताको विषयलाई गम्भीरताका साथ लिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको संविधानमा भएको व्यवस्था मुलुकको परिवर्तनअनुरुप ठीक छ ।’

चुरे भावर पार्टीले अगाडि भनेको छ, ‘त्यो व्यवस्थालाई पनि नमानेर अंगिकृत नागरिकता लिएका नागरिकलाई मुलुकको उच्च पद र ओहदामा जान पाउनुपर्ने भनेर गरिएको माग जाजय छैन । यस्ता माग पूरा गर्दा नेपाल र नेपालीहरूलाई दुरगामी असर पर्ने भएकाले नागरिकताको विषयमा जथाभावी निर्णय नगर्न सरकार र प्रमुख राजनीतिक दलहरूलाई सचेत गराउन चाहन्छ ।’

चुरे भावर प्रदेशको माग गर्दै यो पार्टीले आफ्नो बाहुल्य रहेका सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषा, सुनसरीलगायतका जिल्ला र क्षेत्रमा विगत एक महिनादेखि आन्दोलन गर्दै आएको छ ।