हङकङ । स्पेनकी मेरिया लालागुना रोयोले सन् २०१५ को मिस वर्ल्डको उपाधि जितेकी छिन् ।
चीनको सान्या सहरमा भएको मिस वर्ल्डको फाइनल बार्सिलोना सहरकी २३ वर्षीया व्यावसायिक मोडल मेरियाले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन् ।
प्रतियोगिताको फाइनलमा उनले ‘आफूमा भित्री सुन्दरता छैन भने बाहिरी सुन्दरताको कुनै मतलब नरहने’ भन्दै तार्किक विचार राखेकी थिइन् । सोही उत्कृष्ट प्रस्तुतिका कारण मेरिया मिस वर्ल्डको ताज पहिरिन सफल भएकी हुन् ।
उनी औषधि विज्ञानमा स्नातक हुन् भने पोषण विषयमा एमए गर्न चाहन्छिन् । प्रतियोगिताको उत्कृष्ट पाँचमा रसिया, इन्डोनेसिया, लेबनन र जमैकाली सुन्दरी परेका छन् ।
यसपटकको मिस वर्ल्ड प्रतियोगितामा मानवअधिकारसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण मिस क्यानेडियनले प्रतियोगिता गुमाउनुपरेको थियो ।
प्रतियोगितामा स्कटल्यान्ड र नर्दन आयरल्यान्ड उत्कृष्ट १० मा पर्न सफल भए पनि इंग्ल्यान्ड उत्कृष्ट २० मा समेत पर्न सकेन ।















प्रतिक्रिया