काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वार्ता भइरहेको छ ।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसिरहेको बैठकमा संविधान संशोधन र मधेसी नेताहरुलाई आन्दोलनका लागि तराई जानबाट रोक्ने विषयमा छलफल भइरहेको छ ।
हिजो मात्रै मधेसी मोर्चाले सरकारसँग काठमाडौंमा वार्ता नगर्ने, सबै शीर्ष नेताहरु मधेस जाने निर्णय गरेको थियो । मोर्चाको त्यस्तो निर्णयपछि शीर्ष नेताहरुलाई रोक्न कांग्रेसले आज विहानै वार्ताका लागि मोर्चालाई बोलाएको थियो ।
वार्तामा मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अधयक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा दोस्रो तहका नेताहरु सहभागी छन् । यस्तै कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागिता रहेको छ ।
कांग्रेसले अगाडि बढाएको संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाका थप मागसहित परिमार्जन गरेर अगाडि बढाउने विषयमा छलफल तथा सहमतिको प्रयास भइरहेको छ ।
















प्रतिक्रिया