३१ आश्विन २०८३, शनिबार

‘गिरिजाबाबु म मन्त्री बने मेरा साथीहरू रिसाउँछन् अरुलाई बनाउनुस् भने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krisnakishor Ghimire congress

विक्रम संवत २०२६ सालमा दाङको भरपुरस्थित पदमोदय पब्लिक माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्दैगर्दा आफ्नै कक्षाका सहपाठी अमर रेग्मीको हातबाट कांग्रेसको सदस्यता लिएका घिमिरेका त्यसपछि अनेकौ राजनीतिक उतारचढाव भए । राजनीतिमा लागेकै कारण जेल जाने र छुट्ने उनका दिनचार्य जस्तै भए । त्यति बेला पदमोदयमा प्रधानाध्यापक महेन्द्र ठाकुर थिए । घिमिरले २०३५ साल जेठ महिनाको मध्यतिर दाङ जिल्लाको मानपुर गाविसको जरुवा, पिपल भन्ने स्थानमा भेला गरेर नेपाली कांग्रेसलाई विधिवत रुपमा जन्माएका हुन् । केन्द्रको निर्देशनअनुसार अध्यक्ष बनेका घिमिरेले ३३ सदस्यीय कायसमिति बनाएका थिए । कार्यसमितिमा जेल, प्रवास र उपस्थितहरूलाई समेटेर कार्यसमिति बनाएको स्मरण गर्छन् । त्यो कार्यसमिति वीरकेश्वरी गौतम, तेजबहादुर गौतम, लेवेन्द्र धिताल, शिवहरि शर्मा, प्रदीप योगी, ऋषिराज आचार्यलगायतलाई राखिएको थियो ।