
एजेन्सी । अनुसन्धान गर्ने भन्दै प्रहरी प्रमुखले मध्यराति महिलालाई बोलाएपछि संगठनमा बबाल मच्चिएको छ ।
सुरुमा उजुरी दर्ता गर्न नमानेको प्रहरीले अदालतको आदेशपछि उजुरी दर्ता गरी अनुसन्धान गर्ने भन्दै महिलालाई मध्यराति चौकी बोलाएको थियो ।
चौकी प्रमुख (डीएसपी) मदन महतोले मध्यराति महिलालाई बारम्बार फोन गरेर अनुसन्धान गर्ने भन्दै बोलाएको दाबी गरिएको छ । घटना भारतको पटनाको हो, जहाँ फलका थानाका प्रमुख महतोले महिलालाई राति बोलाएका थिए । जग्गा जमिन सम्बन्धि आफूले हालेको उजुरीमा अनुसन्धान गर्ने महतोले एक्लै आउन भनेको ति महिलाको आरोप छ ।
तर, ति महिला एक्लै भने गइनन् । महिलाले आफूसँग भएका सबै कुरा कल डिटेल राखिन् । महिलाको आरोप छकि डीएसपी महतोले लगातार तीन दिनसम्म राति राति फोन गरेर बोलाए । र उनलाई मानसिक यातना पनि दिए । महिलाले शुक्रबार पटनाका प्रहरी प्रमुख एएसपीलाई भेटेर डीएसपी महतोविरुद्ध उजुरी हालेकी छिन् ।
घटनाबारे बोल्दै एसडीपीओ लालबाबू यादवले डीएसपी महतोमाथि अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन् । उनले दोषी पाइएमा कारवाही हुने प्रतिबद्धता समेत जनाए । डीएसपी महतोलाई अनुसन्धानका लागि निलम्बन गर्न समेत आदेश दिइएको छ ।















प्रतिक्रिया