
काठमाडौं, १ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजको संसद बैठक पनि बहिष्कार गरेको छ ।
निर्धारित समयभन्दा केही समय ढिला सुरु भएको बैठकमा मधेसी मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद तथा सहअध्यक्ष लक्ष्मणलाल कर्णले बोलेर सदन बहिष्कारको घोषणा गर्नुभएको हो ।
बैठकमा उहाँले आफूहरूलाई संसदीय प्रक्रियामा पनि पेलेर जाने नीति बनाएको भन्दै विरोध गर्नुभयो । उहाँले भूकम्पसम्बन्धी प्राधिकरण विधेयकमा आफूहरूको समर्थन रहे पनि संविधान संशोधनमा असहमति रहेको बताउनुभयो ।
मधेसी मोर्चाको नाराबाजी र बहिष्कारका बीच सभामुख ओनसरी घर्तीले आजको बैठक चलाउनु भएको थियो ।
उहाँले शून्य समय र विशेष समय पनि निलम्बन गरेको जानकारी सदनलाई गराउनुभएको छ ।















प्रतिक्रिया