ती युवतीको बोल्ने क्षमता, हाउभाउ र क्रियाकलापबाट प्रभावित चौधरीले आफ्ना मनका कुरा भने भन्न सकेका थिएनन् । एक दिन उनले हिम्मत गरेर एउटा चिठी लेखेछन् । चिठीमा चौधरीले ‘आइलभ यू’का साथै केही अरु मीठा शब्द पनि कोरेका रहेछन् । चिठी लेखेपनि दिने हिम्मत भने उनीमा आएन छ । बरु कक्षा कोठामा विद्यार्थी नभएको बेला ती मन पर्ने युवतीको कितावमा चिठी राखेर टाप कसेका रहेछन् । अहिले त्यो स्मरण सनाउँदा चौधरीमा मीठासको आभाष देखिन्थ्यो । उनले आइलभ यू भनेकी ती युवती अहिले उनकै अर्धाङ्गिनी छिन् । र तीन छोराछोरी पनि जन्माइदिएकी छिन् । त्यति मात्रै कहाँ हो र ? दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा निर्वाचित भएर संविधानसभा र संसदमा प्रवेश पाएकी छिन् । ती हुन् कांग्रेस सांसद तथा केन्द्रीय सदस्य पार्वती डिसी चौधरी ।
















प्रतिक्रिया