२९ आश्विन २०८३, बिहिबार

जान्नुस् कुन समयमा लाग्छ सबैभन्दा धेरै भोक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girl-eating-salad

एजेन्सी । भोक सबैलाई लाग्छ तर, केही मानिसलाई भने विशेष समयमा मात्रै भोक लाग्छ । जान्नुस् कुन समय हो त्यो जतिबेला सबैभन्दा धेरै भोक लाग्छ ।

एउटा त सामान्य प्रकारको भोक हुन्छ त्यो बेला टाउकोमा दुःखाई, थकान वा पेटमा गुड़गुड़ी हुन्छ ।

तर, केही मानिस टेलिभिजन हेर्ने बेला धेरै भोकाएका हुन्छन् । यसलाई ईटिंग ऐमनेसिया भनिन्छ । यस्तो बेला जब तपाई टेलिभिजन हेरिरहनु भएको छ र ध्यान एकोहोरो हुन्छ तब सबैभन्दा बढी भोक लाग्छ ।

केही मानिसलाई त्यो समयमा सबैभन्दा बढी भोक लाग्छ जब उनीहरु केही गरिरहेका हुँदैनन् । अर्थात खाली हुन्छ, टेन्सनमा हुन्छन् । यस्तो बेलामा मानिसको तौल सबैभन्दा तीव्र गतिमा बढ्छ ।

केही मानिस रिस उठेको बेला धेरै खाना खान्छन् । दिउँसोको लञ्चपछि केही मानिसलाई सबैभन्दा धेरै भोक लाग्छ । कैयौं मानिस त टेन्सनका बेला धेरै खान्छन् ।

केही महिलालाई रजस्वला भएको बेला सबैभन्दा धेरै भोक लाग्छ भने कुनै कुनैलाई खानेकुरा देख्यो कि सबैभन्दा बढी भोक लाग्छ ।