२५ कार्तिक २०८३, बुधबार

संसदको बैठक आज पनि बस्दै, कांग्रेसको अबरोध हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २९ मंसिर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अबरोधका कारण अबरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने कार्यक्रम छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा भूकम्पसम्बन्ध प्राधिकरण विधेयक पेश गर्ने कार्यक्रम छ । यो विधेयक पारित गर्न मधेसी मोर्चाले पनि सहयोग गर्ने जनाएको छ ।

भूकम्प प्राधिकरण विधेयकलाई पारित गराउनका लागि सबै दलहरु सहमत भएपनि कांग्रेसले योसँगै संविधान संशोधनको प्रस्ताव पनि अगाडि बढनु पर्ने माग गर्दै आएको छ ।

सहमति भइसकेको संविधान संशोधनको विधेयकलाई एमाले र एमाओवादीले रोकेको भन्दै कांग्रेसले बिरोध गर्दै आएको छ ।

उता मधेसी मोर्चाले भूकम्प प्राधिकरण विधेयक मात्रै अगाडि बढाउन दिन भने पछि सरकारले कांग्रेसको संविधान संशोधनको विधेयक कार्यसूचीबाट हटाएको छ ।

आफ्नो प्रस्ताव सरकारले कार्यसूचीबाट हटाएकोमा बिरोध स्वरुप दबाव दिन सदन अबरोध गरिएको सांसदहरुको भनाइ छ ।