– विकास राज न्यौपाने
अमेरिका । नेपाली समाज टेक्सासको सदस्य संख्या एक्कासि बृदि भएको छ । नयाँ नेतृत्व लागि निर्वाचन हुने भएकोले पनि सदस्य बन्ने क्रम बढेको हो ।
एनएसटीको सदस्यता समितिका बिनय अर्यालका अनुसार सदस्यतालिने अन्तिम दिन शनिवार मध्यरात सम्म २ हजार ४ सय ४४ जनाले सदस्यताका लागि निवेदन दिएका छन् । सदस्यता बन्न टेक्ससको परिचय पत्र र २० अमेरिकी डलर शुक्ल तोकिएको थियो ।
अध्यक्षका लागि कृष्ण लामिछाने र विजयराज भट्टराईको उम्मेदवारी परेकाले पनि सदस्यता संख्या बृदि भएको हो । दुवै जना बिच नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा छ ।
दुई जना उम्मेदवारीबीच राजनीतिक धुर्बीकरण समेत छ । सदस्य संख्या एक्कासि बृदिले कुन उम्मेदवारीलाई बढी फाइदा भयो यो स्पष्ट छैन । तर दुवै उम्मेदवारीले आफूले जित्न सदस्य बनाउन होडबाजी चलेको एनएसटी निकटहरु बताउछन् । अझै साझा उम्मेदवारको खोजी पनि भईरएको छ । तर आइतबार सम्म उम्मेदवारी दर्ता गर्ने समय छ ।
सदस्यता संख्या बृदिले चुनावी नतिजा प्रभावित पार्ने भए पनि यसले सस्थाको आम्दानी भने बृदि गरेको छ । टेक्ससमा झन्डै ३० हजार नेपाली रहेको अनुमान छ । एनएसटी संभवत स्थानीय सस्थामा सबै भन्दा बढी सदस्य भएको सगठन भएको छ ।
पुरा अमेरिकालाई प्रतिनिधित्वगर्ने एनआरएन अमेरिकामा करिब १० हजार ५०० हजार सदस्य छन् ।
















प्रतिक्रिया