काठमाडौं, २७ मंसिर । नेपाल सरकारकै जिम्मेवार कर्मचारी पेट्रोल तस्करी र ठगी धन्दामा लागेको खुलासा भएको छ ।
गुणस्तर तथा नाप तौल विभागका पूर्व महाप्रबन्धक तथा वातावरण मन्त्रालयका सह-सचिव रामआधार शाह नै पेट्रोल तस्करी र ठगी गरेको खुलासा भएको हो । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार साँझ गौशालाबाट पक्राउ गरेको छ । पम्पहरुमा रिमोर्ट जडान गर्ने मिस्त्रिको बयानका आधारमा शाह पक्राउ परेका हुन् ।
लुकेर बसेका शाहलाई प्रहरी टोलीले घेरा हालेर समातेको हो । नेपालमा भारतको विहारबाट मिस्त्रि बोलाएर उपत्यकाका पम्पहरुमा रिमोर्ट जडान गर्न लगाउनेमा शाह प्रमुख योजनाकार रहेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
नाप तौल विभागको प्रवन्धक हुदाँदेखि नै शाहले उपत्यकाका पम्पहरुमा रिमोर्ट जडान गरेर संगठित ठगी गर्दै आएको समेत पाइएको छ ।शाहविरुद्ध ठगी मुद्दा चलाइने प्रहरीको तयारी छ । उनी अहिले महाशाखको हिरासतमा छन् ।
यसअघि महाशाखाको टोलीले आजै नेपाल आयल निगमको थानकोट डिपोका प्रमुख रविन शर्मालाई पक्राउ गरेको थियो ।
















प्रतिक्रिया