२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा नेपालीलाई यसरी कुर्सीको नशा लागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ANS GROUP PIC

वाशिंगटन डिसी । कलियुगमा कुर्सी प्राणप्यारी धर्म पत्नी तथा जन्म दिने आमाभन्दा पनि प्यारो हुन् थालेको छ । स्वदेश या विदेश जहाँ भएपनि यसले मोहनी लगाएको छ । कुर्सीले हामीलाई अन्धो पनि बनाउँछ । ईतिहास भुल्छौ । ईतिहास हेर्ने बानी नगर्नाले धेरै चुक्दछौ । यस्तै चुक्ने क्रममा नेपाली समुदायको लागि अमेरिकनहरुले स्थापना गरि दिएका उत्तर अमेरिकाको सबै भन्दा जेठो अमेरिका नेपाल सोसाईटीमा अमेरिकन मुलका नागरिक पनि पदाधिकारी हुन् बन्चित हुन् पुगेका छन् । गैर मुनाफा सामाजिक संस्थामा ज्यादा राजनीतिकरण भएको कारण उनीहरुको सहभागिता समाप्त जस्तै भएको देखिएको छ ।

१९६७ मा स्थापना भएको उत्तर अमेरिका कै जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसीमा १९६७ देखि १९९८ सम्म पनि अमेरिकन मुलबासीहरुको समितिमा निरन्तरता थियो । यो क्रम जारि रहेता पनि २००८ देखिको नेतृत्व पछि अमेरिकन मुलबासीहरु पूर्ण रुपमा किनारा लागेका छन् । स्थापना काल देखि २००८ सम्म पनि २–४ वटा पद उनीहरुका लागि आरक्षित हुन्थे तर त्यो क्रम २००८ देखि भंग भयो ।

भियतनाम युद्धमा यस्का संस्थापक मानार्थ सभापति हुदा अमेरिकामा स्थापना गरि दिएको संस्थामा आज अमेरिकनहरु उठीबास लागेका छन् । उनीहरुलाई शिला खोज्नुपर्ने अवस्था भएको छ । सामाजिक संस्थामा पनि हामीलाई मात्र पद चाहिएको हो त ? अमेरिकनहरुको सहभागिता दुर्लभ हुनुको साथै समितिमा खडेरी लागेको अवस्था छ ।

यसको उत्तम जवाफ अध्यक्ष, पूर्व अध्यक्ष तथा पदाधिकारी बाट निस्कने हुनाले ३ वटा प्रश्न राखियो । पहिलोः के अमेरिका नेपाल सोसाइटीको कुर्शी हाम्रो लागि मात्र हो त ? के कारण उनीहरु क्रमशः पुरै हराएका हुन् ? यसै गरि दोस्रो प्रश्न हामीलाई नेपालमा भन्दा ज्यादा अमेरिकामा राजनीति लागेकोले उनीहरुलाई किनारा लगाईएको हो कि ? को जिम्मेबार हुन्छ ? व्यक्ति या समुदाय भन्ने राखिएको थियो ।

तेश्रो प्रश्न आगामी दिनमा अमेरिकन मुलकालाई नेतृत्व दिने र यसमा पहल गरे समाजमा अमेरिका नेपाल सोसाइटी को कस्तो छबि बन्छ भन्ने राखियो ।

यस्तो छ अमेरिका नेपाल सोसाइटीमा अमेरिकनहरुको ईतिहासः
ANS G P१९६७ जनवरी १९ मा वाशिंगटन डिसीमा स्थापना अमेरिकन मुलबासी संस्थापक भै १ सय २५ जना सदस्यले १९६७ मा बिधान पारित गरेका थिए । नेपालका लागि राजदूत एल्सबर्थ बंकर यसका मानार्थ सभापति थिए भने विलिएम ग्रेसम पहिलो अध्यक्ष बने । १९६७–१९६८ को कार्यकारी समितिमा १३ जना पदाधिकारी मध्ये ११ जना अमेरिकन मुलबासी थिए ।

यसैगरी १९६८–१९६९ मा बनेको दोस्रो समितिमा ८ जनाको समितिमा अध्यक्ष सहित ६ जना अमेरिकन मुलबासी थिए । यसै गरि १९६९(१९७० को कार्यकारी समितिमा ६ जना अमेरिकन मुलबासी र केवल १ जना मात्र नेपाली मुलका पदाधिकारी रहेका थिए ।

१९७०–१९७१ मा ५ जनाको समितिमा ४ जना अमेरिकन मुलबासीको नेतृत्वमा रहेको थियो भने १९७४–१९७५ मा नेपाली मुलका प्रद्युम्न राणा पहिलो सभापति बन्ने अवसर पाए तर पनि यिनले ५ जना बिदेशीलाई नै समितिमा राखेका थिए । त्यसको २–४ बर्ष नेपाली मुलका सभापति भएपनि उनीहरुलाई नेतृत्व प्रदान गर्नुपर्छ भनि १९७७–१९७९ सम्म बिदेशीलाई दिईएको थियो ।

अमेरिकन मुलका मार्क फ्री म्यान अन्तिम अमेरिकन मुलका १९९७–१९९८ का लागि अध्यक्ष बने पछि पनि २–४ जना सदैब समितिमा राख्ने प्रयास गरियो । यो क्रम २००४–२००८ सम्मका अध्यक्ष बनेका प्रेम संग्रौलापछि पूर्ण रुपमा अमेरिकन मुलका नागरिकलाई पूर्ण रुपमा ढोका बन्द गरियो । २००८–२०१० सम्म अध्यक्ष बनेका खेम भट्टचन तथा बिष्णु कुमारी थापाको कार्यकालदेखि एक जना पनि बिदेशीलाई पदाधिकारी बनाउन २०१६ को संघार संग पुग्दा पनि सकिने अवस्था छैन ।

किन अमेरिकनहरु किनारा लागे ?

२००८ देखि डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व बिज गणतीय हिसाबमा वृद्धि भयो । एक भन्दा ज्यादा उम्मेदवारी भएपछि चुनावी मैदानमा खेमा, राजनीति, गुट, उपगुट, समुह र उप समुहमा विभाजित हुन् पुगेकोले उनीहरु बिलाए । नाम निशाना हरायो । पूर्व अध्यक्ष मालाकार र अन्य अध्यक्षले अमेरिकनलाई समाबेश गराउनुपर्छ भनि २०१० मा सुझाब दिएका थिए । निर्वाचन पश्चात भाषण मै पहिले अमेरिकनहरुको भिड हुने संस्थामा एउटा मुसो पनि छैन भनि विचार राखेका थिए ।

सन् २००८ देखि बिष्णु कुमारी थापा रखेम भट्टचन देखि डा ठाकुर पुडासैनीको निर्वाचन समय सम्म निकै प्रतिस्पर्धा रह्यो । यसरी अमेरिकन मुलबासी समुदायलाई समाबेश गराउन चुके । किनभने चुनाबमा समुह नै निर्वाचित जित्ने होडबाजी चलेको थियो । वर्तमान अध्यक्ष जीवन तिवारी निकै भाग्यशाली रहे किनभने उनीले उम्मेदवारी दिएपछि कसैले अध्यक्ष पदका प्रत्यासी बनेनन् ।

२००८ देखि किन नेपाली मात्र पदाधिकारीमा चयन भएका छन् त ?
यसतर्फ कसैको ध्यान गएको देखिदैन । किनभने २००८ देखिको नेतृत्वले आफ्ना मान्छे र हाम्रा मान्छे भन्ने सोचेको कारण बिदेशी मुलका नागरिक हट्दै गए ।

अमेरिका नेपाल सोसाइटीमा अमेरिकनहरु किन सहभागी हुन्थे ?
अमेरिका नेपाल सोसाइटीको कार्यक्रममा अमेरिकनहरु निकै सहभागी हुने गरेको ईतिहासले देखाएको छ । नेपालका लागि राजदूत एल्सबर्थ बंकरको नाम र यस पछिका नेतृत्व प्रदान गर्ने भुत पूर्व अमेरिकनहरुको कारण अन्य अमेरिकनहरु ल्याउथे । र, २००८ सम्म पनि त्यो क्रम देखिने गर्थ्यो । हाल एक जना पनि पदाधिकारी नभएकोले र नेपाली समुदाय मात्र पदमा रहेकोले यसको प्रभावको कारण यस्तो अवस्था हुन् पुगेको छ ।

अमेरिकन मुलबासीलाई सहभागी गराउदा र नेतृत्व नै अमेरिकनलाई दिदा कस्तो आमुल परिवर्तन हुन्छ ?

यस्तो छ ईतिहासः
ईतिहासले के देखाउछ भने १९७५ पछि ५ बर्ष पछि फेरी बिदेशी नागरिकलाई नेतृत्व प्रदान दिइएको थियो । १९७९ देखि एकै पटक १० बर्ष पछि अमेरिकन मुलका मार्क फ्री म्यान १९९७ (१९९८ सम्म अध्यक्ष बनाईयो ।

२००८ देखि २०१५ सम्म ८ बर्ष हुदा पनि एउटा पनि अमेरिकन मुलबासी नभएकोले १० बर्ष पछि पुनः अमेरिकन मुलकालाई आगामी दिनमा नेतृत्व दिदा अमेरिका नेपाल सोसाइटीले समाजमा कस्तो संदेश दिन्छ ? एक पटक सबैले यस कुरामा एक पटक मनन, चिन्तन र सोच्ने कि ?
पूर्व अध्यक्षहरुले यसको लागि पहल गरे कसो होला ?

पूर्व अध्यक्षहरुले यस बिषयमा छलफल गरे निकास निकाल्न सक्दछन । उनीहरुसंग अमेरिकी मुलका मानिस नजिक छन् । उनीहरु अमेरिकन मुलका मानिसको सहभागी नभएको देख्दा दुखित छन् । बेलाबेलामा दुखेसो पोख्दछन । अध्यक्ष ठाकुर पुडासैनीले सल्लाहकारमा अमेरिकन नागरिक बेन्जामिन डेविस प्राध्यापकलाई सल्लाहकार बनाएका थिए भने वर्तमान अध्यक्ष जीवन तिवारी अमेरिकन राजनीतिको धारमा भएकोले उन्ले पनि अमेरिकन मुलकालाई कार्यक्रममा सहभागी गराउदै आएका छन् । २०१० का अध्यक्ष नागेद्र पौडेलले आफ्नो कार्यकालमा सबैलाई चित्त बुझ्ने बिधान संसोधन गराई उम्मेदवार बन्न चाहन राख्ने लाई अवसर दिलाई दिए ।

सवालको जवाफ र विचार यस्तो पोखेः
अध्यक्ष तिवारीले अब नेपाली समुदाय हरेक क्षेत्रमा निकै माथि पुगेका छन् भन्दै उनीहरुलाई सहभागी गराउनु पर्थ्यो भन्ने उत्तर दिए । यदि अहिले कोहि अमेरिकन मुलका नागरिकले नेतृत्व लिन्छु भन्ने प्रस्ताब आए कुर्सि अहिले छोड्ने प्रतिबद्धता जनाए ।

यसै गरि संस्थाका पूर्व समिति सदस्य तथा संचार कर्मी बिनय अर्यालले हामीले सस्थाको उद्देश्यलाई पालना नगर्नाले र बिदेशी समुदायलाई नेपालीहरुले नै उपेक्षा गरेकाले उनीहरु पाखा लागेको बताए ।

उनले भने नेपालीहरुलाई बढी पद चाहिएकाले किनारा लगाइएका हुन् त्यसमा जिम्मेवार सस्थाको नेतृत्व गर्ने व्यक्तिले जिम्मेबार हुन्छ भन्दै उनीहरुलाई पनि समितिमा राखेर संगै लिएर जानु पर्छ भन्ने विचार राखे ।