३१ आश्विन २०८३, शनिबार

सरकार, कांग्रेस र मधेसी मोर्चाबीच प्रधानमन्त्री कार्यालयमा वार्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २७ मंसिर । वर्तमान संकटबाट देशलाई निकास दिन सरकार, प्रतिपक्षी दल कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुको सहभागिता रहेको छ ।

आजको वार्तामा मधेसी मोर्चाले राखेको ११ बुँदे माग सम्बोधनबारे छलफल हुने बताइएको छ । वार्तामा आन्दोलनरत मधेसवादी दलका तर्फबाट शीर्ष नेताहरुको सहभागिता रहेको छ । नाकाबन्दी खोल्न र मधेस आन्दोलन समाधान गर्ने विषयमा पनि वृहत छलफल हुने छ ।

यसअघि सिंहदरबारमै भएको कांग्रेस र मधेसी मोर्चाको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।