काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेस र मधेसी मोर्चाको दोहोरो चेपुवामा परेको संसदको बैठक आजका लागि बोलाइएको छ ।
अपरान्ह तीन बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने बैठकमा भूकम्प प्राधिकरण विधेयक पेश गर्ने कार्यक्रम छ । शुक्रबारको संसद बैठकमा सहमति नजुटेपछि सूचना टाँस गरी स्थगित गरिएको थियो ।
भूकम्प प्राधिकरण विधेयक पेश गर्न मधेसी मोर्चाले दिने जनाएको छ । तर अन्य विषय कार्यसूचीमा प्रवेश पाए त्यसको विरोधमा सदन अबरोध गर्ने मधेसी मोर्चाको चेतावनी छ ।
यद्यपि, कांग्रेसले भने संविधान संशोधनको विधेयक पनि पेश गर्नुपर्ने अडान राख्दै आएको छ । संशोधनको विधेयक पेश नगरिए सदन चल्न नदिने कांग्रेसको भनाइ छ ।
सदन चलाउने विषयमा प्रमुख दलहरूले छलफल पनि चलाएका छन् । उनीहरूले आजको सदन बैठक चलाउने विषयमा गम्भीर छलफल गरिरहेको बुझिएको छ ।












प्रतिक्रिया