२३ कार्तिक २०८३, सोमबार

सदनका विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congres Sushil Koirala Niwasकाठमाडौं, २७ मंसिर । संविधान संशोधनको विधेयक अगाडि बढाउनुपर्ने मागसहित सदन अबरोध गर्दै आएको नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

अहिले केही समयपछि महाराजगञ्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा बस्ने बैठकमा संसद अबरोध र मधेसी मोर्चासँगको वार्ताका विषयमा छलफल हुनेछ ।

संविधान संशोधनका प्रस्तावलाई सरकारले कार्यसूचीबाट एकाएक हटाएपछि कांग्रेस रिसाएको छ । रिसाएको कांग्रेसले सदन चल्न दिएको छैन ।

कांग्रेसको सरकारका पालामा जनसंख्या र भौगोलिक आधारमा निर्वाचन क्षेत्र निर्धारण तथा समावेशी समानुपातिकसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । सो विधेयक अगाडि बढाउन एमाओवादी र एमाले तयार भइसकेका छन् ।

तर पछिल्लो समयमा सो विधेयकलाई थाँती राखेर एमाओवादी र एमालेले भूकम्प प्राधिकरण विधेयक मात्रै अगाडि बढाएको छ ।