कावासोती, २६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई सर्वोत्कृष्ट भन्न हिच्किचाउन नहुने बताउनुभएको छ ।
आज दिउँसो नवलपरासीको प्रगतिनगरस्थित जनज्योति नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनुभयो ।
मानव अधिकारको विश्वव्यापी मान्यतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै जारी भएको संविधान नेपालको संवैधानिक इतिहासकै अग्रगामी र सर्वोत्कृष्ट प्रयोग भएको उहाँले बताउनुभयो । रासस













प्रतिक्रिया