२९ आश्विन २०८३, बिहिबार

पाँच रुपैयाँ मै विवाह सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marriageजाजरकोट । यहाँको एक जोडीले पाँच रुपैयाँको सिन्दूरमा आफ्नो विवाह सम्पन्न गरेका छन् ।

खलङ्गा भेरी मालिका–२ तिमिलेका प्रेमवहादुर ओली र रुकुम नुवाकोट–२ की कमल केसी ले रु पाँचको सिन्दूर मात्र किनेर आफ्नो औपचारिक विवाह सम्पन्न भएको घोषणा गरेका हुन् । शुक्रबार बेलुकी ती जोडीले विप्लव नेतृत्वको नेकपा (माओवादी) जाजरकोट दलको कार्यालयमा पाँच रुपैयाँको अबिर दुलही र दुलाहले एकले अर्कालाई लगाएर औपचारिक विवाह सकिएको हो । धन सम्पत्तिको होडबाजी लगाएर विवाह गर्ने चलन अन्त्य गर्दै सर्वहारा तरिकाले विवाह गरेको उनीहरुले बताएका छन् ।

कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, पार्टीका उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता थियो । रासस